कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा छिमेकीको पर्खालमा ठोक्किएर एक युवकको मृत्यु भएको छ । मदिरा सेवन गरी घर जाने क्रममा छिमेकीको पर्खालमा ठोक्किएर शुक्लाफाँटा नगरपालिका–६ वनसमितिका ३९ वर्षीय तोरण भण्डारीको गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।
पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । ४२ घाइते छन् । राजधानी कराँचीबाट रावलपिंडीतर्फ गइरहेको तेजगाम एक्स्प्रेसको रेलमा बिहीबार बिहान आगलागी भएको हो । पाकिस्तानी सञ्चार माध्यमहरूले सिलिन्डर विस्फोटका कारण आगलागी भएको जनाएका छन् । घटनामा ४२ घाइते भएकामा उनीहरूको लियाकतपुरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
कपिलवस्तुमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । लक्ष्मीपूजाको मूर्ति विसर्जनका क्रममा सुरु भएको विवादले कृष्णनगर क्षेत्र तनावग्रस्त बनेपछि स्थिति नियन्त्रण लिन भन्दै प्रहरीले चलाएको गोली लागेर स्थानीय सुरजकुमार पाण्डेको मृत्यु भएको हो । मृत्यु हुने व्यक्तिको पहिचान भएको छैन । प्रहरीले झडप नियन्त्रण लिन बुधबार विहान ५० सेल अश्रुग्यास हानेको छ […]
गुल्मीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मुसिकोट नगरपालिका ९ ददल्कामा लु १ च ३५१४ नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको र ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक खड्काले बताए । बुधबार साँझ जीप सोही वडाको पाँणथोकबाट ददल्का जाँदै […]
व्यास नगरपालिका–१ स्थित भादगाउँमा सञ्चालित लर्निङ होमबाट एक साताअघि भागेका १२ मध्ये एक जना मृत अवस्थामा भेटिएका छन् । मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–१ डुम्रेका नवीन गुरुङ रहेका छन् । ५ कात्तिकको साँझ कामदारलाई हातपात गरी लर्निङ होमबाट १२ जना भागेका थिए । तीमध्ये ११ जना परिवारको सम्पर्कमा आएको भए पनि एक जना हराइरहेका थिए । उनीहरू भागेपछि होम सञ्चालकले […]
आगलागी हुँदा काठमाडौं महानगरपालिका-१३ टंकेश्वरमा एक वृद्धाको मृत्यु भएको छ । चुरोट सल्काउने क्रममा पर्दामा आगो सल्किँदा सिन्धुपाल्चोक सानोसिरुवारी नगरपालिका घर भएकी ७८ वर्षीया धनमाया श्रेष्ठको आगलागीमा परी मंगलबार राति मृत्यु भएको हो । आगलागीमा जलेर गम्भीर घाइते भएकी उनको शहीद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पोखरामा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका–२७ तालचोकमा मङ्गलबार साँझ स्कोरपियो गाडीको ठक्करबाट स्कुटर चालक लमजुङ बेंशीसहरका २९ वर्षीय नन्दप्रसाद गुरुङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केसीले बताए । दुर्घटनामा परी गम्भीर घाइते भएका गुरुङलाई मणिपाल शिक्षण अस्पताल लगिएकोमा […]
प्रहरीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संघ र कांग्रेसको विद्यार्थी संगठनका एक/एकजना नेतालाई बलात्कार आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङका सन्देश शर्मा पोखरेल र नुवाकोटका ज्ञानेन्द्र गजुरेल छन् । महानगरीय प्रहरी परिसर, जावलाखेलले दुवै जनालाई ३ कात्तिकमा पक्राउ गरेको हो । ललितपुर प्रहरीका डीएसपी सन्तोष तामाङका अनुसार पोखरेलले आफू पूर्वएमालेको युवा […]
चीनले पहिलो ४ सीटर इलेक्ट्रिक विमानको सफल परीक्षण गरेको छ । मंगलबार विमानको पहिलो उडान गरिएको थियो । विमान १२०० किलोग्रामको छ भने ८.४ मिटर लामो छ । यसको पंखा १३.५ मिटर छ । एकपटक फूल चार्ज भएपछि विमानले ३०० किमी यात्र तय गर्न सक्दछ । विमानले ९० मिनेट उडान भर्न सक्ने बताइएको छ । […]