सुनको भाउ बुधबार तोलामा ६ सय रुपैयाँ घटेको छ । सुन बुधबार तोलाको ७० हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलामा २ सय रुपैयाँ नै घटेर सुन तोलाको ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदी तोलामा २० रुपैयाँ घटेर तोलाको ८ सय ४५ […]
अर्घाखाँचीको ठाडा नजिकै कार दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रुपन्देहीको मुर्गियाबाट सन्धीखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्वरको कार सन्धीखर्क नगरपालिका वडा नम्वर ६ ठाडा देखि ३०० मिटर अगाडी (सन्धीखर्कतर्फ) दुर्घटना हुँदा पाणिनी गाउँपालिका ८ घर भइ रुपन्देहीको सैनामैनामा बस्दै आएका ८० वर्षीय दुर्गादेवी खड्का र उनका दुई छोरा […]
वीरगञ्जबाट प्रहरीले गोली हानेर एकजना अपरहणकारीलाई नियन्त्रणमा लिएको छ । साथै अपहरणमा परेका एक बालकको पनि सकुशल उद्धार भएको छ । घटना गएराति वीरगञ्जकै सिर्सिया खाल्वाटोलामा भएको हाे । घटनामा प्रहरीले पर्साको पोखरीया नगरपालिका–८ बस्ने राजकुमार दासलाई गोली हानी नियन्त्रणमा लिएको छ। गोली दासको दाहिने खुट्टामा लागेको छ । एक राउण्ड गोली हानेर अपहरणकारी पक्राउ […]
पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डले दाङलाई प्रदेश ५ को केन्द्र बनाउन पहल गर्ने बताएका छन् । राजनीतिक आन्दोलन र परिवर्तनमा दाङको भूमिका अग्रणी रहेकाले प्रदेश ५ को राजधानी दाङ उपयुक्त हुने उनकाे भनाइ छ । ‘यो परिवर्तनको एउटा अग्रणी भूमिका निर्वाह गरेको जिल्ला र प्रदेश भएको नाताले आउने दिनमा यो प्रदेशको केन्द्र निर्माणमा पनि दाङ […]
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) नयाँ कार्यको योजना बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । न्यायिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज आफन्तको सहयोग प्राप्त हुनेछ । कार्यमा सफलता पाइएला । मनमा शान्ति […]
बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी निकुञ्जकै हात्तीसारमा कार्यरत कर्मचारी माहुतेको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–७ मोहनपुर घर भएका ४२ वर्षीय मङ्गरु थारुको मृत्यु भएको हो । निकुञ्जभित्रको गैंडा मचान नजिकै हात्तीलाई घाँस काट्न गएका थारुको बाघको आक्रमणमा परी मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत रवीन कडारियाले बताए । थारु […]
इस्लामिक स्टेट्स (आइएस) लडाकू समूहका पूर्वप्रमुख अबु बकर अल बग्दादीकी दिदीलाई उत्तरी सिरियाबाट पक्राउ गरिएको टर्कीले मङ्गलबार जनाएको छ । अमेरिकी विशेषबलले सिरियाको इद्लिब प्रान्तमा गरेको एक सुरक्षा कारबाहीमा अल बग्दादी मारिएका थिए । उत्तरी सिरियाको अजाजनगर नजिकैबाट अल बग्दादीकी ६५ वर्षीया दिदी रस्मिया अवादलाई मङ्गलबार पक्राउ गरिएको टर्कीको सरकारी स्रोतले नाम नबताउने शर्तमा बताएको […]
प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ताला लगाउन गएका अस्थायी शिक्षकलाई प्रहरीले पक्राउ परेको छ। मंगलबार प्रदेश २ का अस्थायी शिक्षकहरू जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ताला लगाउन गएका थिए। तीमध्ये ४३ जना शिक्षक पक्राउ परेको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। पक्राउ परेका शिक्षकलाई अहिले जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको उनले […]
नेकपाकी सचेतक शान्ता चौधरी चढ्ने गाडि दाङमा दुर्घटना भएको छ । यद्यपि सो गाडीमा चौधरी थिइनन् । सांसद चौधरीलाई घोराही छोडेर लमही फर्किंदै गरेको बा २ झ २८७१ नम्बरको स्कारपियो गाडी लमही-घोराही सडकखण्डअन्तर्गत कुलमोड भन्ने स्थानमा गएराति ११ बजेतिर दुर्घटना भएको हो । सो गाडी सडकबाट झण्डै एक सय मिटर तल अर्जुनखोलामा खसेको छ । […]
पर्साको जिराभवानी गाउँपालिका–३ परसवाकी १९ बर्षीया निपुदेवीको श्रीमानले नै हत्या गरेको पुष्टि भएको छ । निपुदेवीका श्रीमान २८ बर्षीय केदार भन्ने रामबाबु हजरा दुसादलाई प्रहरीले पक्राउ गरेको छ । उनले पनि श्रीमातीको हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ । प्रहरीकाअनुसार केदार सालीको गौनामा सहभागी हुन श्रीमतीलाई लिएर भारतको बेतिया जिल्ला बरवा पञ्चायत–१० भंगवा थानास्थित […]