नेपाल राष्ट्र बैंकले शुक्रबार (कात्तिक २२) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८४ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १२५ रुपैयाँ ५० पैसा र बिक्रीदर १२६ रुपैयाँ १६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४५ रुपैयाँ ५६ […]
नेपाली बजारमा शुक्रबार सुनको मूल्य रु ७०० घटेको छ । अघिल्लो दिन तोलामा ७० हजार ६०० मा कारोबार भएको सुनको मूल्य सातोको कारोबारको अन्तिम दिन शुक्रबार ६९ हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ६९ हजार ६०० मा कारोबार भएको छ । चाँदीको पनि मूल्य रु १५ […]
प्रदेश नं १ सरकारले छिन्ताङ घटनाका १६ शहीद परिवारलाई प्रतिपरिवारलाई रु पाँच लाख प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले २०३६ सालमा भएको हत्याकाण्डमा मारिएका परिवारलाई राहतस्वरुप सो रकम प्रदान गर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सुवेदीले जानकारी दिनुभयो । यसैगरी, बैठकले झापा, मोरङ, पाँचथर, धनकुुटा, ओखलढुङ्गा र उदयपुरमा प्रदेश लेखा नियन्त्रण कार्यालयअन्तर्गत […]
प्रतिबन्धित विप्लव समूहका भक्तपुर र ललितपुरका पूर्वइञ्चार्ज टेकबहादुर केसी पक्राउ परेका छन् । केसीलाई भक्तपुरबाट खटिएको प्रहरी टोलीले गएराति निकोसेराबाट नियन्त्रणमा लिएको हो । भक्तपुर प्रहरी प्रमुख सविन प्रधानले केसी पक्राउ परेको पुष्टि गर्दै उनको साथबाट चन्दा उठाएको रसिद, मोबाइल फोनलगायत सामग्री बरामद भएको जानकारी दिए । केसीलाई अहिले जिल्ला प्रहरी कार्यालय, भक्तपुरमा राखिएको छ […]
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ कामको […]
काठमाडौंको चोभारबाट एउटा पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोलीसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्का छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले उनीहरुलाई पक्राउ गरेको पुष्टि गरे । ‘बा १७ च ८३६४ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा हतियारसहित उनीहरुलाई पक्राउ गरिएको हो […]
सप्तरीको महादेवा गाउँपालिका–१ पकरी कुजराही टोलका २३ वर्षीय नइम पमरियालाई आफ्नै बुबाको हत्याको आरोपमा पूर्पक्षका लागि थुनामा राखिएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलाशले नइमलाई बुधबारदेखि राजविराज कारागारमा थुनामा पठाएको हो । नइममाथि उनका बुबा ६२ वर्षीय मो। गफुर पमरियाको हत्या गरेको आरोप छ । हत्याका अर्का आरोपी गफुरकी श्रीमती ५० वर्षीया […]
भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भु–भाग परेपछि नेपालमा फेरि भारत विरोधी प्रदर्शन सुरु भएको छ । भारतले जारी गरेको नयाँ नक्सामा कालापानी क्षेत्र समेटिएको विरोधमा देश भर भारत विरुद्ध प्रदर्शन भइरहेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले कोहलपुरमा प्रदर्शन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ […]
आज सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । आज तोलामा ४ सयले बढेर ७० हजार ६ सयमा र तेजाबी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भैरइरहेको भैरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी दिएको छ । आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा निबेच भैरहेको छ । बुधबार प्रतितोला ७० हजार २ सयमा र […]
मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीको छेउमा बम विस्फोट भएको छ । जिल्ला प्रहरी कार्यलयका कास्की डिएसपी राजकुमार केसीले बम विस्फोट भएको पुष्टि गरे । ‘निर्वाचन कार्यालय र लोकसेवा आयोगको बीचमा पर्ने सडकमा विस्फोट भएको हो, थप विवरण आउन बाँकी छ’ डिएसपी केसीले बताए । आज कास्कीमा उपनिर्वाचनका लागि कार्यतालिका रहेको छ । कास्की क्षेत्र नम्बर […]