
प्रतिबन्धित विप्लव समूहका भक्तपुर र ललितपुरका पूर्वइञ्चार्ज टेकबहादुर केसी पक्राउ परेका छन् ।
केसीलाई भक्तपुरबाट खटिएको प्रहरी टोलीले गएराति निकोसेराबाट नियन्त्रणमा लिएको हो ।
भक्तपुर प्रहरी प्रमुख सविन प्रधानले केसी पक्राउ परेको पुष्टि गर्दै उनको साथबाट चन्दा उठाएको रसिद, मोबाइल फोनलगायत सामग्री बरामद भएको जानकारी दिए ।
केसीलाई अहिले जिल्ला प्रहरी कार्यालय, भक्तपुरमा राखिएको छ । उनीबारे थप अनुसन्धानपछि कारबाही प्रक्रियाबारे टुंगो लाग्ने भक्तपुर प्रहरी प्रमुख प्रधानले बताए ।
थियो ।