सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी)ले ३ किलो ५ सय ग्राम लागूऔषध चरेशसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी नायब निरीक्षक केशव जोशीको कमाण्डमा खटिएको टोलीले कञ्चनपुरको भिमदत्त नगरपालिका १४ सालघारीबाट बुधबार साँझ सो परिमाणको चरेशसहित भिमदत्त नगरपालिका-१८ बस्ने वीरेन्द्रबहादुर चन्द र दार्चुला मार्मा गाउँपालिका ३ का महेश विष्टलाई पक्राउ गरेको […]
गुल्मीको ईस्मा गाउँपालिकाकी १७ बर्षीया पुजा अर्याल ४ दिन देखि बेपत्ता भएकी छन । ईस्मा गाउँपालिका वडा नम्वर ५ , ईस्मारजस्थल दोबाटाको जामुनडाँडास्थित नारायणप्रसादकी छोरी हुन पुजा ।मंसिर १ गते बिहान तम्घासमा ज्याकेट किन्न जान्छु भन्दै घरबाट हिडेकी पुजा तम्घास पुगेकी थिइन । पुजाकी आमा माया अर्याल बिरामी भएकोले छोरी बेपत्ता भए पछि स्वास्थ्यमा थप […]
बुधबार राती सिन्धुलीको दुधौली नगरपालिका–१४ स्थित सिमराई खानीवेशी सडकखण्डमा अज्ञात समूहले दुईवटा स्काभेटर र टिप्परमा प्रेसर कुकर बम आक्रमण गरेको छ । मारुती सिमेन्ट खानीको बाटो निर्माणको क्रममा पार्किङ गरेर राखिएको को १ क. १४४० पीसी–२०० नम्बरको स्काभेटर, को १ क. ११०२ एलसी–२०० नम्बरको स्काभेटर र को १ क. १५४६ नम्बरको टिप्परमाथि अज्ञात समूहले बम […]
वनमौरीको टोकाइबाट मलङ्गवा–७ मुसैलीमा एक बालककोे मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । मुसैलीस्थित खेतमा काम गर्ने क्रममा बुधबार साँझ वनमौरीले टोक्दा गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको मृत्यु भएको छ । मौरीको टोकाइबाट रायकी श्रीमती ३५ वर्षीया चिन्तादेवी राय र निजका छोरा चार वर्षीय रविकुमार राय, स्थानीयवासी २४ वर्षीया अञ्जलीदेवी यादव, […]
सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग रु २० हजार घुस लिएको आरोपमा मालपोत कार्यालय राजश्व शाखामा कार्यरत नायबसुब्बा रोसकाजी जसपाउलाई बुधबार दिउँसो पक्राउ गरेको हो । जग्गा नामसारी र लालपुर्जा दिने कार्यको सहजीकरणका लागि सेवाग्राहीसँग घुसबापतको रकम लिइसकेको अवस्थामा उनलाई मालपोत कार्यालय […]
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) विद्या र बुद्धिको विकास हुनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धि हुने अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) यात्रामा मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन […]
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका-३ स्थितमा मंगलबार राति अचेत अवस्थामा फेला परेकी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जलेश्वर नपा-३ भिट्ठामोडस्थित बस बिसौनीमा अचानक लडेर बेहोस अवस्थामा फेला परेकी अन्दाजी ५०/५२ वर्षीया महिलाको उपचारको क्रममा बुधबार बिहान जनकपुरस्थित अञ्चल अस्पतालमा मृत्यु भएको हो । नाम, थर, वतन […]
दोलखाको गैरीमुदीबाट काठमाडौंका लागि छुटेको बस चरंगे भन्ने स्थानमा दुर्घटनामा परेको छ । घटनामा बैत्यश्वर–२ की कुमारी तामाङ गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय, दोलखाका अनुसार बा ३ ख २९९७ नम्बरको बस मंगलबार दिउँसो उकालोमा पछाडि सर्दा भित्तामा ठोक्किएको थियो । त्यसक्रममा तामाङ च्यापिएकी थिइन् । बसमा ६ जना सवार थिए । तामाङको […]
काठमाडौं महानगरपालिका-३ तिलिङ्गेटारस्थित रोयल कम्प्लेक्स सिर्जन सर्टिङ एण्ड सुटिङ टेलरिङ सेन्टरमा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३ तिलिङ्गेटार खाँडीपाखा बस्ने बाजुरा गौमुल गाउँपालिका-२ दहकोट घर भएका २१ वर्षीय दिनेश विक रहेका छन् । गत सोमबार चोरी भएको घटनामा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा उनलाई तिलिङ्गेटारस्थित पर्वत गुल्मी,पोखरा […]
बढ्दो गरिबी र बेरोजगारीले हरेक दिन नेपालीहरु बेचिन बाध्य छन् । आज पनि नेपालीहरुले विदेशमा रगत, पसिना बेच्दै आइरहेका छन् । विदेशमा एउटा काम भनेर लिएर अर्कै काममा लगाउने कार्यहरु पनि भइरहेका छन् । बेला बेलामा नेपाली युवतीहरुलाई शरिर बेच्न बाध्य बनाएका घटनाहरु आइरहेका हुन्छन् । यो बीचमा नेपाली महिलालाई अवैध रुपमा खाडी मुलुक पठाउन […]