झापामा दुई वटा गाडीको ठक्करबाट शुक्रबार बिहान एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका-३ का ७० वर्षीय हरि प्रसाद न्यौपाने रहेका छन् । मेचीनगर नगरपालिका-१२ र बुद्धशान्ति गाउँपालिका-३ को सिमानामा पर्ने धाइजन चोकस्थित सडकमा प्रदेश नम्बर १-०१-००१ ज ३४०० नम्बरको बलेरोले ठक्कर दिइ लडेको अवस्थामा मे.१ ज ३१९६ नम्बरको गाडीले पुन: […]
गुल्मीमा ४१ वर्षीय पुरुषले १० वर्षीया एक बालिकालाई बलात्कार गरेको घटना प्रहरीले सार्वाजानिक गरेको छ । जिल्लाको रुरु क्षेत्र गाउँपालिका वडा नम्वर ३ लोलाङ्दीका ४१ वर्षीय भोजबहादुर सार्कीले १० वर्षीया बालिका बलात्कार गरेको घटना सार्वजनिक भएको हो । जिल्ला प्रहरी प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मिनबहादुर घलेका अनुसार बिहिवार विद्यालय जान हिँडेकी बालिकालाई निजले चलाउँदै आएको […]
सशस्त्र प्रहरीले महोत्तरीको जलेश्वरबाट अत्याधुनिक पेस्तोल र त्यसमा प्रयोग हुने गोली र म्याग्जिन बरामद गरेको छ । जलेश्वर नगरपालिका-६ स्थित सडक छेउबाट शुक्रबार विहान साढे १० बजे पेस्तोल बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निरकृष्ण अधिकारीले जानकारी दिए । एसपी अधिकारीका अनुसार सडक छेउको खर झाडीमा राखिएको अवस्थामा भारतको आरडनान्स कम्पनीको आरपी-१२१८२० को ७.६२ एमएमको […]
ललितपुरको सातदोबाटोबाट कलङ्की जाँदै गरेको स्कुटर अनियन्त्रित भई बिग्रिएर रोकिराखेको ट्रकसँग ठोक्किन पुग्दा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना पुरुष र एकजना महिला रहेका छन् । तीब्र गतिमा रहेको ब८७प२२८५ नम्बरको स्कुटर एकान्तकुनास्थित सडकको किनारामा रोकिराखेको ना८ख२८२६ नम्बरको ट्रकसँग अनियन्त्रित भई ठोक्किन पुगेको हो । महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रका […]
रुपन्देही र कपिलवस्तुको सीमामा पर्ने फायरलाइनमा भएको सवारी दुर्घटना एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ ख ६४५९ नम्बरको ट्रक र सोही दिसा भएर पूर्वतर्फ आउँदै गरेको लु ५७ प ६५८५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।ट्रकको टायरमा ढुङ्गा अड्किएपछि रोकेर […]
दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई दोलखाको प्रजिअबाट हटाएको छ । रिजालमाथि मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानले ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङले २१ हजार घुस लिएको आरोप लगाएका थिए । दोलखा प्रजिअबाट हटाइएका रिजाललाई गृह मन्त्रालय तानिएको छ । पीडितहरुले बिहिबार पत्रकार सम्मेलन गरेर रिजालले पटक–पटक घुस लिएको […]
मोटरसाइकल एकापसमा ठोक्किँदा बिहीबार साँझ एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ३६ वर्षीय रामचन्द्र रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुरबाट रामपुरतर्फ गइरहेको ना४०प ७३१३ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु४प ६६५० नंको मोटरसाइ्कल भरतपुर महानगरपालिका–१५ रामपुरमा साँझ ५ः४५ बजे […]
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८, अरनिको राजमार्गस्थित त्रिपन्नकिलोमा बिहीबार बेलुका मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार दोलालघाटबाट धुलिखेलतर्फ आउँदै गरेको प्रदेश नं ३–०२–००५प ९७८५ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका नवलपरासी जिल्ला दाउन्ने गाउँपालिका–७ का ४५ वर्षीया नीरमाया तामाङको […]
संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री मन्त्री भानुभक्त ढकाल सार्वजनिक कार्यक्रममा उपचार नपाएर कोही नेपालीले मर्न नपर्ने दाबी गर्दै आएका छन् । भर्खरै जिम्मेवारी सम्हालेका ढकालले उपचार नपाएर कसैले मर्नु नपर्ने दाबी गरे पनि उनकै निर्वाचन क्षेत्रबाट उद्दार गरिएका नागरिकको उपचार अभावमा मृत्यु भएको छ । कोसी अञ्चल अस्पतालको इमरजेन्सी विभाग अगाडिको निकास नालामा बेवारिसे अवस्थामा […]
बाराको कलैयामा मंगलबार साँझ ६ वर्षकी बालिका बलात्कृत भएकी छन् । घर बाहिर खेलेर फर्किने क्रममा उनको बलात्कार भएको परिवारका सदस्यले बताएका छन् । योनांगबाट रगत आइरहेको अवस्थामा परिवारका सदस्यले उनलाई वीरगञ्जको नारायाणी अस्पताल पुर्याएका थिए । तर नारायणी अस्पतालले विभिन्न वाहना बनाएर उपचार नगरेको भन्दै अभिभावकले नेशनल मेडिकल कलेज पुर्याए । नेशनल मेडिकल कलेजले […]