474 views 0 secs 0 comments

काभ्रेपलाञ्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु…

In समाज
२० मंसिर २०७६, शुक्रबार ११:३५

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८, अरनिको राजमार्गस्थित त्रिपन्नकिलोमा बिहीबार बेलुका मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार दोलालघाटबाट धुलिखेलतर्फ आउँदै गरेको प्रदेश नं ३–०२–००५प ९७८५ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका नवलपरासी जिल्ला दाउन्ने गाउँपालिका–७ का ४५ वर्षीया नीरमाया तामाङको उपचारका क्रममा धुलिखेल अस्पतालमा मुत्यु भएको हो । दुघर्टनामा परी मोटरसाइकल चालक सोही ठाउँका ५० वर्षीय खुसीमान तामाङको टाउको, नाक र दाहिने हातमा चोट लागेकाले उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।