Home > Articles posted by NewsDesk (Page 122)
FEATURE
on २२ मंसिर २०७६, आईतवार ११:१८
574 views 0 secs

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पाँच किलोग्राम चरेससहित दुई जना पक्राउ परेका छन् । गाउँपालिका–६ निसीसिपका ३० वर्षीया भागिमला बुढा र उनका मामा पर्ने स्थानीयवासी २५ वर्षीय रामबहादुर साउथोकीलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काका अनुसार मामा–भान्जीबीच चरेस खरीद बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ […]

FEATURE
on २२ मंसिर २०७६, आईतवार १०:५८
664 views 0 secs

भारतको नयाँ दिल्लीस्थित एक कारखानामा आइबार बिहान आगलागी हुँदा ३५ को मृत्यु भएको छ । दिल्ली दमकल विभागका मुख्य अधिकारी अतुल गर्गले अहिलेसम्म ५० बढी व्यक्तिलाई बाहिर निकालिएको जानकारी दिएका छन् । धेरैजसो मानिसहरु धुँवाका कारण प्रभावित भएको उनले बताए । डिप्युटी फायर चीफ अफिसर सुनिल चौधरीले भने, ‘आगो ६ सय स्क्वायर फिटको जग्गामा लागेको […]

FEATURE
on २२ मंसिर २०७६, आईतवार १०:४८
528 views 0 secs

लमजुङको पाउदीमा आइतबार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा एक महिला रहेको र उनको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ । लमजुङकै बेसीसहरबाट गोरखातर्फ जाँदै गरेको बस सडकबाट करिब सय मिटर तल खोलामा खसेको हो । दुर्घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरीको टोली उद्धारका […]

FEATURE
on २२ मंसिर २०७६, आईतवार ०९:४०
559 views 0 secs

रौतहट । भन्सार छलेर भारतबाट नेपाल भित्राइएका करिब ११ लाखभन्दा बढी मूल्यका लत्ता–कपडा सशस्त्र प्रहरी बल, रौतहटले बरामद गरेको छ । भारतीय सीमाक्षेत्रबाट तस्करी गरेर ल्याउदै गरेको लताकपडा रौतहटको राजदेवी नगरपालिका–६, सेढवाबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । २ गाडीमा राखेर ल्याएका अवैध कपडासहितको गाडी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, गौरमा बुझाइएको सशस्त्र प्रहरी बल […]

FEATURE
on २२ मंसिर २०७६, आईतवार ०९:३०
555 views 0 secs

सुनसरीको इटहरी चोकस्थित सूर्य कम्प्लेक्समा आगलागी भएको छ । शनिबार राति करिब १२ बजेबाट सुरु भएको आगलागी आइतबार बिहान करिब ४ बजे नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । पाँच तले सूर्य कम्प्लेक्सको पाँचौ तलामा रहेको विग बार रेष्टुरेन्टबाट सुरु भएको आगो अन्य पसलमा पनि फैलिएको थियो ।यद्यपि रेष्टुरेण्ट सञ्चालक किरण बुढाथोकीले भने […]

FEATURE
on २२ मंसिर २०७६, आईतवार ०७:००
550 views 0 secs

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । लक्ष्मी प्रसन्न हुने योगछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज सहकर्मीबाट विरोध आउला । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि […]

FEATURE
on २१ मंसिर २०७६, शनिबार २१:०९
569 views 0 secs

काठमाडौंकाे बत्तीसपुतलीमा शुक्रबार राती आगलागी हुँदा मुस्कान मिटसप जलेर नष्ट भएको छ । काठमाडौं नगरपालिका- ९ मा बस्ने कुमार श्रेष्ठको मासु पसलमा विद्युत सर्ट भई आगलागी हुँदा करिब २५ लाख बराबरको धनमाल जलेर नष्ट भएको शान्ति श्रेष्ठले जनाएको छ। आगलगीबाट पसलभित्र रहेका पैशा, मासु, भाँडावर्तनलगायत सबै समान जलेर नष्ट भएको श्रेष्ठले जनाएको छ । स्थानीय […]

FEATURE
on २१ मंसिर २०७६, शनिबार १६:५७
632 views 0 secs

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्ती खेल प्रतियोगितामा  नेपालकी संगिता धामीले स्वर्ण पदक जितेकी छन् ।  शनिबार जनकपुरमा भएका ५५ केजी तौल समूहमा भएको खेलमा धामीले बंगलादेशकी सकिरा रेनीलाई ५–१ ले पराजित गरिन् ।

FEATURE
on २१ मंसिर २०७६, शनिबार १५:२१
563 views 0 secs

नेत्रविक्रम चन्द्र (विप्लव) समूह निकट दुई विद्यार्थी नेतालाई जिल्ला प्रहरी कार्यालयले शुक्रबार राति पक्राउ गरेको छ ।  यही मङ्सिर १८ गते लेकम गाउँपालिका–१ को वडा कार्यालयको साइनबोर्ड मेटाएर विप्लव समूहको नाम लेख्नमा संलग्न रहेको भन्दै प्रहरीले खोजी गरिरहेका उनीहरुलाई शैल्यशिखर नगरपालिका–१ शिखर बलाँचबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा लेकम–१ सर्मौलीका २० वर्षीय जीवनबहादुर विष्ट […]

FEATURE
on २१ मंसिर २०७६, शनिबार १४:५७
540 views 0 secs

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपाकिला–११ तिरतिरे धारास्थित विपी राजमार्गमा आज बिहान यात्रुबाहक बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु भएको छ । कांकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ९१३८ नम्बरको बसको ढोकाबाट खस्दा गम्भीर घाइते भई उपचारका लागि धुलिखेल अस्पताल पठाइएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । मृत्यु हुनेमा झापाको […]