मौसम पूर्वानुमान महाशाखाले मौसमको पूर्वानुमान जारी गरेको छ । महाशाखाले तराईका विभिन्न स्थानमा र पहाडी र हिमाली क्षेत्रको मौसको आज दिनभरीको अवस्थाको बारेमा जानकारी दिएको छ । मौसम पूर्वानुमानका अनुसार नेपालमा आज कुनै पनि उल्लेखनिय मौसमी प्रणाली छैन । मंगलबार देशको पहाडी भू–भागहरुमा आंशिक बदली हुने र तराईका भु–भागहरुमा हुस्सु र कुहिरो लागेको छ । […]
खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित एक घरमा सोमबार राति आगलागी हुँदा करिब ६३ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । मनिकलाल प्रधानको घरमा रहेको इलेक्ट्रोनिक सामग्रीको पसलबाट आगलागी भएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीको भनाइ छ । राति करिब साढे १ बजेको समयमा इलाका प्रहरी कार्यालय खोटाङको टोलीले […]
नेपाल राष्ट्र बैंकले मंगलबार (पुस १) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८९ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ २३ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ४३ […]
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) वैदेशिक कार्य अघी बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) अनावश्यक ठाउँमा धन खर्च हुनेछ । निर्णय कार्यान्वयन हुन सक्दैनन् […]
काठमाडौंको सामाखुशीमा दुईवटा बस ठोक्किएको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार साँझ सवा ६ बजेतिर दुईवटा बस ठोक्किएको हो । बस ठोक्किदा केही मानिस च्यापिएको र उद्दारका लागि प्रहरी घटनास्थलमा पुगेको महाशाखाका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
महोत्तरी जिल्लाको जलेश्वर–मटिहानी सडकखण्डमा सशस्त्र प्रहरीले एक किलो चाँदीसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, बिहार राज्यस्थित मधुबनी जिल्लाको महरैल गाउँ पञ्चायत बस्ने २१ वर्षीय प्रदीपकुमार ठाकुर रहेको सशस्त्र प्रहरी नेपाल ९ नं गण हेडक्वार्टर जलसागर महोत्तरीका प्रहरी उपरीक्षक अधिकारीले बताए । आइतबार साँझ जिल्लाको मटिहानी बजारबाट जलेश्वरतर्फ चाँदी बोकी आउँदै गरेका […]
सोमबार दिउँसो पाल्पाको माथागढी गाउँपालिकामा बस र ट्याक्सी एकापसमा ठोक्किँदा ४ जना घाइते भएका छन् । स्याङ्गजाबाट पाल्पातर्फ आउँदै गरेको ग १ ज १८८० नम्वरको ट्याक्सी र विपरित दिशाबाट आउँदै गरेको ग १ ख ५१९१ नम्वरको बस एकापसमा ठोक्किँदा ट्याक्सीमा सवार चार जना घाइते भएको पाल्पा प्रहरीले जनाएको छ । घाईते हुनेमा स्याङ्गजाको बिरुवा गाउँपालिका […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त कार्यालय प्रमुख रामबाबु मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार मण्डलले उच्च अदालत जनकपुर, राजविराज इजलासको पुनरावेदनमा विचाराधीन मुद्दाको सिलसिलामा सेवाग्राहीको नाममा कायम हुन आएको खुल्ने निर्णयसहितको माग भएको कागजातहरु उपलब्ध […]
महानगरीय प्रहरी परिसर भक्तपुरले जन्ती गएर घर फर्कर्दै गरेका व्यक्तिलाई छुरा प्रहार गरि फरार रहेका ३ जनालाई पक्राउ गरेको छ । २५ गते बुधबार भक्तपुर नगरपालिका–१० कमलविनायक बसपार्कस्थित विवाहमा जन्त गई फर्कन लागेका भक्तपुर नगरपालिका–९ च्याम्हासिंह बस्ने ४८ वर्षका गंगाप्रसाद प्रजापतिलाई ३ जनाले छुरा प्रहार गरेका थिए । छुरा प्रहरी गरि फरार रहेका भक्तपुर नगरपालिका […]
महोत्तरी जिल्लाको जलेश्वर–मटिहानी सडकखण्डमा सशस्त्र प्रहरीले एक किलो चाँदीसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, बिहार राज्यस्थित मधुबनी जिल्लाको महरैल गाउँ पञ्चायत बस्ने २१ वर्षीय प्रदीपकुमार ठाकुर रहेको सशस्त्र प्रहरी नेपाल ९ नं गण हेडक्वार्टर जलसागर महोत्तरीका प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताए । आइतबार साँझ जिल्लाको मटिहानी बजारबाट जलेश्वरतर्फ चाँदी बोकी आउँदै […]