641 views 0 secs 0 comments

छुरा प्रहार गरि फरार रहेका ३ जनालाई पक्राउ…

In समाज
३० मंसिर २०७६, सोमबार १५:४६

महानगरीय प्रहरी परिसर भक्तपुरले जन्ती गएर घर फर्कर्दै गरेका व्यक्तिलाई छुरा प्रहार गरि फरार रहेका ३ जनालाई पक्राउ गरेको छ ।  २५ गते बुधबार भक्तपुर नगरपालिका–१० कमलविनायक बसपार्कस्थित विवाहमा जन्त गई फर्कन लागेका भक्तपुर नगरपालिका–९ च्याम्हासिंह बस्ने ४८ वर्षका गंगाप्रसाद प्रजापतिलाई ३ जनाले छुरा प्रहार गरेका थिए ।
छुरा प्रहरी गरि फरार रहेका भक्तपुर नगरपालिका वडा नं. ३ बंशगोपाल बस्ने बर्ष १९ को रामशेखर शिलाकार, सोही स्थानको बर्ष १९ को समिर मंक र सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका वडा नं. ६ घर भई हाल बोडे भक्तपुर बस्ने बर्ष १९ को प्रविण बस्नेतलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।छुरा प्रहार गरी गम्भिर घाइते बनाई फरार भएका भन्ने सूचना प्राप्त हुनासाथ घटनास्थलमा तत्काल महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी टोली खटी गई घटनामा संलग्न ब्यक्तिहरुको खोजतलास गरेको प्रहरीले जानकारी दिएको छ ।