बाराको सिम्रौनगढ नगरपालिका-११ लक्ष्मिनिया टोलमा आगलागी भएको छ । चिसोबाट बच्न बालेको घुरबाट सल्केको आगोले स्थानीय शम्भु भगत मालीको घरगोठ जल्दा करिब ६ लाख मुल्य बराबरको क्षति भएको बारा प्रहरीले जनाएको छ । आइतबार राति मालीको खपडाको छाना भएको घर र गोठमा आगलागी हुँदा लत्ताकपडा, अन्नपात, मोटरसाइकल लगायतका सामान जलेको पीडितले बताएका छन् । प्रहरीका […]
गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोटेश्वर बस्ने नवलपुर देउचुली नगरपालिका-१३ घर भएका ४४ वर्षीय दुर्गा भन्ने देवान राई र काठमाडौं गोठाटार बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-५ घर भएका ४२ वर्षीय बिष्णु बहादुर धिताल रहेका छन् । राईलाई शुक्रवार साँझ र धिताललाई शनिबार दिउँसो पक्राउ परेका हुन् । काठमाडौ […]
रसायन प्रयोग गरेर घिउ उत्पादन गर्ने नक्कली उद्योग वीरगञ्जमा फेला परेको छ । उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्दै घिउ उत्पादनमा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–१५, ब्रह्मचोकमा रहेको सिद्धिविनायक पूजा सामग्री प्रोडक्टस उद्योगले विभिन्न रसायन प्रयोग गरेर नक्कली घिउ उत्पादन गर्ने गरेको प्रहरीले भेटेको हो । विशेष सूचनाका आधारमा पुगेको प्रहरीले रसायन […]
चिसो अत्यधिक बढेपछि झापाको दमक नगरपालिकाभित्रका सबै विद्यालय आजदेखि तीन दिनका लागि बन्द भएका छन् । नगरपालिकाका शिक्षा उपसचिव दिनेश न्यौपानेले सूचना प्रकाशन गरी केही दिनयता बाक्लो हुस्सुसँगै शीतलहर चलिरहेकोले दैनिक पठनपाठनमा असहज भएको हुँदा पुस ९ गतेसम्मका लागि नगरका सबै विद्यालय बिदा गर्न सूचित गर्नुभएको हो । अन्य बिदामा मिलान गर्ने गरी बिदा दिन […]
प्रहरीले ४ किलो २४५ ग्राम यार्सागुम्बा बरामद गरेको छ । युके ०४ टीबी १९६७ नम्बरको भारतीय गाडीमा फल्स बटम बनाइ लुकाएर ल्याउँदै गर्दा महानगरीय प्रहरी वृत्त थानकोटले तीन जनालाई पनि पक्राउ गरेको हो ।बृत्तका प्रमुख घनश्याम श्रेष्ठले पक्राउ पर्नेमा २ जना भारतीय नागरिक र एक जना नेपाली रहेका रहेको बताए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको […]
भारतको राजधानी दिल्लीको उत्तरपश्चिममा रहेको किराडी क्षेत्रमा एक कपडा गोदाममा आइतबार राती आगलागी हुँदा तीन बालबालिकासहित ९ जनाको मृत्यु भएको छ । घटनामा अन्य तीनजना गम्भीर घाइते रहेका छन् । दिल्लीको अग्निनियन्त्रक विभागका अनुसार आइतबार राती साढे १२ बजे आगलागीको सूचना आएको थियो । त्यसपछि आठवटा दमकल घटनास्थलमा पुगेर आगो निभाउने प्रयास गरेको थियो । […]
सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ७१ हजार ९०० मा कारोबार भएको छ । आइतबार सुनको मूल्य तोलामा ७१ हजार ६०० मा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य रु ३०० ले बढेको हो । यस्तै तेजावी सुन तोलामा ७१ हजार ६०० मा कारोबार […]
पाल्पामा लागुऔषधसहित एक व्यक्ति पक्राउ परेका छन् । बुटवलबाट पोखरातर्फ हाइस गाडीमा जाँदै गर्दा दोभान प्रहरीचौकी पाल्पाले रोकेर जाँच गर्ने तिनाउ गाउँपालिका– ३ दोभानमा लागुऔषधसहित बाग्लुङ नगरपालिका– १० का १९ वर्षीय विवश मल्ल आज पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए । प्रहरीले गत मङ्सिर अन्तिम साता पनि दोभान झुम्सामा […]
सोमबार बिहान काठमाडौँको सुकेधारामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । बिहान करिब पौने ६ बजे बा४ख ५९२० नम्बरको बसले पैदल हिँडिरहेकी २२ वर्षीय सृष्टि पन्तलाई ठक्कर दिएको थियो । गोरखा घर भइ धुम्बाराही बस्दै आएकी पन्तलाई गम्भीर घाइते अवस्थामा उपचारका लागि अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको महानगरीय ट्राफिक प्रहरी […]
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुपर्ला । आलस्य र थकानको अनुभूति हुनेछ । झुटा आरोपपनि लाग्न सक्छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । मनमा […]