544 views 1 sec 0 comments

गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ…

In समाज
७ पुष २०७६, सोमबार १४:१५

गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कोटेश्वर बस्ने नवलपुर देउचुली नगरपालिका-१३ घर भएका ४४ वर्षीय दुर्गा भन्ने देवान राई र काठमाडौं गोठाटार बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-५ घर भएका ४२ वर्षीय बिष्णु बहादुर धिताल रहेका छन् । राईलाई शुक्रवार साँझ र धिताललाई शनिबार दिउँसो पक्राउ परेका हुन् ।
काठमाडौ उपत्यकामा सर्वसाधारण तथा ब्यापारीहरुलाई फोन मार्फत धम्काई रकम माग गरी दु:ख दिने र नदिएमा हातहतियार देखाई ज्यान मार्ने तथा हात खुट्टा भाँचिदिने धाकधम्की दिई त्रास पैदा गर्ने कार्यमा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।