Home > Articles posted by NewsDesk (Page 104)
FEATURE
on ९ पुष २०७६, बुधबार १४:१४
532 views 0 secs

महोत्तरीमा ट्रक र मोटरसाईकल एकआपसमा  ठोक्किदा एक जनाको मृत्यु भएको छ । भने एकको अवस्था गम्भीर रहेको छ । बुधबार बिहान बर्दिबास काठमाण्डौं–सडक खण्डको विपी राजमार्ग अन्र्तगत  बर्दिबासबाट सिन्धुलीतर्फ गइरहेको  ग ६ प १७८९ नम्बरको स्पेण्डर  मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना ६ ख २६४५ नम्बरको ट्रकले बर्दिबास नगरपालिका वडा नं ३ पाटु भन्ने स्थानमा ठक्कर […]

FEATURE
on ९ पुष २०७६, बुधबार १४:०१
612 views 0 secs

चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत वेदघारी सामुदायिक वन क्षेत्रमा एउटा बाघ मृत फेला परेको छ । राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्साको ठोरी गाउँपालिका–३ को वेदघारी सामुदायिक वन क्षेत्रमा पर्ने वनमा वयस्क बाघ मृत फेला परेको कसराका गेमस्काउट महेन्द्र चौधरीले जानकारी दिए । घाँसकाट्न गएका स्थानीयबासिन्दाले देखेपछि निर्मल ठोरी उपभोक्ता समितिमार्फत बाघ मृत फेला परेको खबर पाएर घटनास्थल […]

FEATURE
on ९ पुष २०७६, बुधबार १२:३३
645 views 0 secs

पुस १० गते बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए । बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुनेछ । पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त हुने समितिले […]

FEATURE
on ९ पुष २०७६, बुधबार १२:१७
425 views 0 secs

कैलाली जिल्लाको घोडाघोडी नगरपालिका क्षेत्रबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतका अनुसार पक्राउ पर्नेमा उक्त समूहको नेकपा दलित मुक्ति मोर्चाका एरिया संयोजक टीबी लामिछाने भनिने टेकबहादुर विक रहेका छन्। विकसँगै पक्राउ परेका सोही ठाउँका दिनेश विकको उक्त समूहमा संलग्न भए नभएको बारेमा खुल्न बाँकी रहेको […]

FEATURE
on ९ पुष २०७६, बुधबार १२:०६
566 views 0 secs

पछिल्ला दिनहरुमा देशका धेरै ठाउँको मौसम बदली भइ तराईमा हुस्सु र कुहिरो लाग्दै आएको छ । केही दिनयता तराईका क्षेत्रमा बिहानको समयमा लगातार कुहिरो लाग्दै आएकोमा आज भने पोखरा आसपासको क्षेत्रमा पनि बाक्लो कुहिरो लागेको छ । अहिले हुस्सु र कुहिरो लागेको ठाउँमा पनि दिउँसो घाम लाग्ने सम्भावना छ । केही ठाउँको मौसम भने आशिंकदेखि […]

FEATURE
on ९ पुष २०७६, बुधबार ११:४७
573 views 0 secs

स्पेनको कोस्टा डेल सोल रिसोर्टमा बिदा बनाउन गएका एकै परिवारका तीनजना सदस्यको डुबेर मृत्यु भएको छ । रिसोर्टका मालिकले एक वक्तव्य जारी गर्दै क्लब ला कोस्टा वर्ल्डको स्विमिङ पुलमा उनीहरुलाई क्रिसमसको पूर्व सन्ध्यामा डुबेको अवस्थामा भेटिएको जानकारी दिए ।जानकारीका अनुसार बेलायतकी ९ वर्षीया बालिकालाई पानीभित्र समस्या हुँदा उनका दाइ र बुवाले बचाउन खोजेका थिए । […]

FEATURE
on ९ पुष २०७६, बुधबार ११:३५
481 views 0 secs

नेपाली सेनाको जागिर छाडेर भागेका एक व्यक्तिलाई प्रहरीले कटुवा पेस्तोलसहित मंगलबार काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कपन बस्ने रामेछापको मन्थली नगरपालिका-१३ का ३५ वर्षीय रोशन वर्देवा रहेका छन् ।नलकटुवा पेस्तोलसहित पक्राउ परेका वर्देवाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

FEATURE
on ९ पुष २०७६, बुधबार ११:२९
655 views 0 secs

विवाह गर्छु भन्दै फकाएर १४ बर्षकी किशोरी बलात्कार गरेको आरोपमा बाराको कलैयाबाट प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । किशोरको उमेर पनि १८ वर्षभन्दा कम भएको कारण प्रहरीले उसको नाम गोप्य राखेको छ । बारा कलैया उपमहानगरपालिका– ७ रंगपुर बस्ने १४ बर्षकी किशोरीलाई गत मंसिर २६ गते बलात्कार गरेको आरोप ती किशोरमाथि लागेको छ । […]

FEATURE
on ९ पुष २०७६, बुधबार ०७:०८
610 views 0 secs

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । घरायसी विवादपनि बढ्नेछ । चोटपटक लाग्न सक्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । भाग्यले […]

FEATURE
on ८ पुष २०७६, मंगलवार १७:४५
601 views 0 secs

पर्साको छिपहरमाई गाउँपालिकाको मिर्जापुरमा आगलागी भएको छ । छिपहरमाई गाउँपालिका-१ मिर्जापुर बस्ने संजित महतो कोइरीको खपडाले छाएको घर र भान्साघरमा मंगलबार बिहान आगलागी हुँदा ५ लाख मूल्य बराबरको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ । कोइरीको भन्सा घरबाट अचानक आगलागी हुँदा भन्सा घर र घरभित्र रहेका ना ६२ प ४२५३ र बीआर२२के९५३२ नम्बरको दुईवटा […]