नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । आज छापावाल सुन प्रतितोला ७३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवार सुन प्रतितोला ७२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला ७३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला बिहीवारकै ८ सय ९० रुपैयाँमा कारोबार […]
काठमाडौंको तारकेश्वर नगरपालिकास्थित जितपुरको कोट गाउँमा ट्रिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा चालक माइला तामाङ्ग र सह चालक कमल तामाङ्ग रहेका छन् । शुक्रबार काठमाडौंबाट फोहोर बोकेर नुवाकोटको सिसडोल जाँदै गरेको ना २ क ३३८ नम्बरको ट्रिपर दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्रिपरले ‘क्लिन नेपाल’ नामक कम्पनीको […]
ताप्लेजुङको सिरिजंघा गाउँपालिका–२ आम्बेगुदिनमा सडक निर्माणका क्रममा रुख ढल्न पुग्दा रुखले किचेर एक जनाको ज्यान गएको छ । आम्बेगुदिनस्थित हप्पुखोलाबाट तेल्लोक जोड्ने मोटरबाटो निर्माणका क्रममा ढलेको रुखले किच्दा स्थानीय ६० वर्षीया पदम माया खड्काको घटनास्थलमा नै ज्यान गएको आम्बेगुदिन प्रहरी चौकीले जनाएको हो ।प्रहरीका अनुसार बिहीबार दिउँसो घर छेउमा रहेर मेशिनले बाटो बनाएको हेर्नेक्रममा खड्कालाई […]
धुलिखेल नगरपालिका–११ पात्लेखेतस्थित वीपी राजमार्गमा बिहीबार अपराह्न जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–८ की अन्दाजी २५ वर्षीया मीनाकुमारी बोगटी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।रामेछापबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ६१५३ नम्बरको जीप आफैं अनियन्त्रित भई सडक किनारामा भएको बारमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर […]
९८ यात्रु बोकेको विमान कजाकिस्तानमा दुर्घटनाग्रस्त बनेको अधिकारीहरुले जनाएका छन् । बेक एयरको विमान अल्माटी विमानस्थलबाट उडान भरेको केही बेरमा नै शुक्रबार बिहान दुर्घटनाग्रस्त बनेको उनीहरुको भनाइ छ । उद्धारकर्ताहरु यतिबेला दुर्घटनास्थल पुगेका छन् । अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि भएको छ । केहीको जिवितै उद्धार पनि गरिएको छ । कम्तीमा ३५ जना घाइते भएका छन् […]
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टि मिल्नेछ । शुभकार्यको चर्चा रहला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) घर व्यवहारमा झमेला आउला । मनमा दुविधा उत्पन्न हुनेछ । पारिवारिक […]
सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । जाडो छल्न आगो तापीरहेकी जिल्लाको बरहथवा नगरपालिका वडा नम्बर १७ निवासी राजमतिदेवी साहको जलेर मृत्यु भएको छ । ४० बर्षीया साह बुधबार साँझ आफ्नो आँगनमा आगो तापीरहँदा उनको शरीरमा आगो सल्केको थियो । एक्कासी सल्केको आगोले शरीरको अधिकांश भाग जलेको अवस्थामा उपचारका लागि प्रादेशिक […]
५५ लाख रुपैयाँ बराबरका विद्युतीय सामानसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२५ गुह्यश्वरीका २७ वर्षीय निकेश शाक्य र लैनचौर बस्ने नुवाकोटका रेश्मा श्रेष्ठ रहेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर ल्याइएको विद्युतीय सामान भित्र्याएको आरोपमा बुधबार राति उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट प्रहरीले १५ लाख […]
जिल्ला प्रहरी कार्यालय बाजुराले बुढीनन्दा नगरपालिका-८ स्थित शिल्पे लेकमा अवैध रूपमा वन्यजन्तुको चोरी सिकार गर्ने ७ जनालाई हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढीनन्दा ८ गोठीका आइते बोहरा, बल बहादुर बोहरा, मनिचन्द्र बोहरा, कविन्द्र बोहरा, दल कामी, पृथ्वी बोहरा र बुढीनन्दा १० पिरकोटका पृथ्वी सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख उद्धव सिंह […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको विष्णुपुराबाट सशस्त्र प्रहरीका प्रहरी निरीक्षक र हवलदार घुससहित रङ्गेहात पक्राउ गरेको छ । रुपन्देहीको गैडहवामा गाउँपालिकामा पर्ने विष्णुपुरा सशस्त्र प्रहरी बेस क्यापमा कार्यरत प्रहरी निरीक्षक तेज बहादुर जोरा र सशस्त्र प्रहरी सहायक हवल्दार वीरेन्द्र प्रसाद चौधरीलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । उनीहरुले भारतबाट भन्सार छलेर ल्याएको सामानमा मिलाइदिने भन्दै सेवाग्राहीसँग […]