459 views 0 secs 0 comments

अवैध रूपमा वन्यजन्तुको चोरी सिकार गर्ने ७ जनालाई हतियारसहित पक्राउ…

In समाज
१० पुष २०७६, बिहीबार १६:२५

जिल्ला प्रहरी कार्यालय बाजुराले बुढीनन्दा नगरपालिका-८ स्थित शिल्पे लेकमा अवैध रूपमा वन्यजन्तुको चोरी सिकार गर्ने ७ जनालाई हतियारसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बुढीनन्दा ८ गोठीका आइते बोहरा, बल बहादुर बोहरा, मनिचन्द्र बोहरा, कविन्द्र बोहरा, दल कामी, पृथ्वी बोहरा र बुढीनन्दा १० पिरकोटका पृथ्वी सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख उद्धव सिंह भाटले जानकारी दिए । उनीहरूबाट ४ थान भरुवा बन्दुक बरामद भएको छ । पक्राउ परेकाहरूबाट ५ थान वन्यजन्तुको छाला समेत प्रहरीले बरामद गरेको छ । उनीहरूबाट थारको छाला,रतुवाको र घोरलको छाला समेत प्रहरीले बरामद गरेको हो ।