582 views 0 secs 0 comments

९८ यात्रु बोकेको विमान कजाकिस्तानमा दुर्घटनाग्रस्त…

In विश्व
११ पुष २०७६, शुक्रबार ११:१८

९८ यात्रु बोकेको विमान कजाकिस्तानमा दुर्घटनाग्रस्त बनेको अधिकारीहरुले जनाएका छन् ।
बेक एयरको विमान अल्माटी विमानस्थलबाट उडान भरेको केही बेरमा नै शुक्रबार बिहान दुर्घटनाग्रस्त बनेको उनीहरुको भनाइ छ । उद्धारकर्ताहरु यतिबेला दुर्घटनास्थल पुगेका छन् । अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।  केहीको जिवितै उद्धार पनि गरिएको छ । कम्तीमा ३५ जना घाइते भएका छन् जसमध्ये ९ जना बालबालिका रहेका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।विमान कजाकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीबाट देशको राजधानी नुरसुल्तानका लागि जाँदै थियो ।विमान स्थानीय समय अनुसार ७ बजेर २२ मिनेटमा दुर्घटना ग्रस्त बनेको थियो । दुर्घटनअघि विमान दुई तले भवनमा ठोक्किँदै खसेको थियो । घटनास्थल नजिकै भएका रोयटर्सका पत्रकारले दुर्घटना भएको ठाउँमा अत्यधिक कुहिरो भएको बताएपनि दुर्घटनाको निश्चित कारण भने पत्ता लाग्न सकेको छैन ।