१२ मंसिर, काठमाडौं । प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले दुर्गा प्रसाईँका १५ जना समर्थकलाई पक्राउ गरेको छ । सोमबार काठमाडौंको गौशालामा भएको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा भएको थियो । पक्राउ पर्नेमा आफूलाई धार्मिक गुरु बताउने श्रीनिवास आचार्यसहित मेडिकल व्यवसायी प्रसाईँका स्वकीय सचिव विना योञ्जन थापासमेत छन् । प्रसाईँको आह्वानमा केहीदिनदेखि काठमाडौंमा प्रदर्शन हुँदै आएको छ । […]
१२ मंसिर, काठमाडौं । भारतको उत्तराखण्डको सिलक्यारा सुरुङमा मजदुरहरु फसेको आज १७ औं दिन पुगिसक्दा पनि अझै उद्धार हुन सकेको छैन । मेसिनबाट उद्धारको काम प्रभावित भएपछि अहिले हातैले खनेर उद्धारको प्रयास भइरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । सिलक्यारामा सुरुङ निर्माण खन्ने क्रममा १२ नोभेम्बरको दिन एक भाग भत्किएर त्यहाँ भित्र काम गरिरहेका ४१ […]
१२ मंसिर, काठमाडौँ। किशोरीलाई जबरजस्तीकरणी गरि हत्या गर्ने २३ वर्षीय रहिस खाँ पुर्पक्षका लागि जेल चलान भएका छन्। गत कार्तिक १६ गते जिल्लाको चन्द्रकोट गाउंपालिका ४ सान्तिपुरकी १५ वर्षिया किशोरीलाई जबरजस्ती करणी गरी हत्या बाँकेको खजुरा घर भएका खाँ पुर्पक्षका लागि जेल चलान भएका हुन्। मंसिर ११ गते जिल्ला अदालत गुल्मीको थुनछेक बहसपछि अदालतले पुर्पक्षका […]
१२ मंसिर, काठमाडौं । अहिलेसम्म १० वाणिज्य बैंकहरुले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेकामध्ये ७ बैंकको बुक क्लोज भइसकेको छ । बुक क्लोज भएका बैंकहरुको सेयर खरिद गर्नेले यो वर्षका लागि लाभांश पाउने छैनन् । बुक क्लोज भइसकेका बैंकहरुमा माछापुच्छ्रे, एभरेस्ट, एनआईसी एसिया, सानिमा, सिटिजन्स, सिद्धार्थ र […]
मकवानपुर । बागमती प्रदेश सरकारले सन् २०२४ लाई भ्रमण वर्षको रूपमा मनाउने तयारी गरेको छ । प्रदेश सरकारले आगामी वर्ष २०२४ मा अधिकतम पर्यटकहरू भित्राएर बागमती प्रदेशलाई पर्यटकीय रूपमा परिचित गराउने उद्देश्य अनुरूप भ्रमण वर्ष मनाउने तयारीमा जुटेको हो । प्रदेश सरकारले भ्रमण वर्ष मनाउने तयारी अनुसार गत कात्तिक २२ मा बसेको मन्त्रिपरिषद् बैठकबाट निर्णय […]
१२ मंसिर, गोरखा । गोरखाका नेवार समुदायले मकै सुकाउने पर्व धुमधामका साथ मनाएका छन् । सदरमुकामस्थित ऐतिहासिक ठूलो आँगन परिसरमा ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको आयोजनामा गएराति नेवार समुदायलगायत स्थानीयवासीले सामूहिकरूपमा लोपोन्मुख मकै सुकाउने पर्व मनाएका हुन् । ठूलो आँगनमा ठूलो प्लास्टिक ओछ्याएर त्यहीँमाथि भुटेको मकै, बदाम, भटमास, चना, केराउलगायतका खाद्यान्न चन्द्रमाको प्रकाशमा सुकाएर […]
११ मंसिर काठमाडौं। इजराइल-हमासको अस्थायी युद्धविरामसँगै दुवैतर्फबाट बन्धक बनाएकाहरुलाई छोड्नेक्रम जारी छ । हमासले सोमवारसम्म इजराइलबाट बन्धक बनाइएका ५८ जनालाई मुक्त गरिसकेको छ । तर यतिन्जेलसम्म पनि नेपाली युवा विपिन जोशी मुक्त भइसकेका छैनन् । बीबीसीका अनुसार हमासले ४० जना महिला र बालबालिका मुक्त गरेको छ । इजिप्ट र हमाससँग भएको छुट्टै सहमतिअनुसार हमासले १७ […]
१२ मंसिर, काठमाडौँ। बझाङमा १४किलो गाँजा र गाँजा बनाउन प्रयोग हुने कच्चा पदार्थसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । खप्तड छान्ना गाउँपालिका-७ को गोर्खालीका खड्कबहादुर खड्काको घरमा गाँजाको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले उनीसहित तीन जनालाई पक्राउ गरेको हो । पर्नेमा खड्कासहित गोरखाको अजिरकोट गाउँपालिका-२ खरिबोटका ३८ वर्षीय सन्तोष गुरुङ र पर्साको सुकौली पटौली […]
विराटनगरमा पुस ६ गते देखि अन्तर्राष्ट्रिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजना हुने भएको छ। मोरङ व्यापार संघले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी पुस ६ देखि १६ गते सम्म अन्तर्राष्ट्रिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी दिएको हो। सुस्ताएको आर्थिक गतिविधिलाई चलाएमान बनाउने उद्देश्यले प्रदर्शनीको आयोजना गर्न लागिएको मोरङ व्यापार संघका अध्यक्ष […]
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पुरानो अस्पताल बनेपास्थित शिर मेमोरियल अस्पतालमा क्यान्सर रोगको उपचार सुरु गरिएको छ । अस्पतालमा आइतबारदेखि सबै प्रकारका क्यान्सर रोगको उपचार सेवा थालिएको हो । काभ्रेपलाञ्चोकमै उपचार सेवा सुरु भएसँगै क्यान्सर बिरामीलाई भक्तपुर र काठमाडौँ पुग्नुपर्ने बाध्यता हटेको छ । क्यान्सर बिरामी हुँदा कुनै पनि व्यक्तिले भोग्नुपर्ने आर्थिक, सामाजिक र व्यवहारिक कठिनाइलाई न्यूनीकरण […]