801 views 0 secs 0 comments

छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले बुबालाई पक्राउ …

In समाज
२७ जेष्ठ २०७६, सोमबार १२:०४

२६ जेठ, विराटनगर । छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले बुबालाई पक्राउ गरेपछि गाउँलेहरुले विद्यालय घेराउ गरेका छन् ।
एकवर्षयता पटकपटक १४ वर्षीया छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा शनिवार प्रहरीले विराटनगर- ४ का ऋषिदेव समुदायका एक व्यक्तिलाई पक्राउ गरेपछि गाउँलेले आइतबार बालिका अध्ययन गर्ने विद्यालय घेराउ गरेका हुन् ।

विद्यालयका शिक्षकले नै प्रहरीलाई बोलाएर झुटो आरोप लगाइ पक्राउ गर्न लगाएको स्थानीयवासीको आरोप छ । बालिका कक्षा ५ मा अध्ययरत छिन् ।