679 views 0 secs 0 comments

उपत्यकामा आइतबार सार्वजनिक बिदा…

In देश
२४ जेष्ठ २०७६, शुक्रबार १७:०६

सरकारले रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन आगामी आइतबार (जेठ २६ गते) काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयद्वारा आज जारी सूचनाअनुसार उक्त दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
–––रासस