
जिल्ला प्रहरी कार्यालय पाल्पाले गुल्मी धुर्कोट गाउँपालिकाका बालिका र युवतीलाई तीनै जना युवाले बिवाह गर्ने भनी प्रेममा पारेर भारततर्फ लगेका थिए । गुल्मीको तम्घासबाट भारततर्फ लैजाने क्रममा बालिका र युवतीसँगै तीन युवालाई पाल्पाको रिब्दीकोट गाउँपालिका–३, हार्थोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
दुई बालिका सहित युवतीलाई उद्दार गरी उनीहरूलाई परिवारको जिम्मेवारी लगाइएको प्रहरीले जनाएको छ । युवाले तम्घासबाट भारत जानका लागि बुटवलसम्मका लागि अर्कै व्यक्तिको नाममा बसको टिकट काटेका थिए । गुल्मीबाट सुराकीको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका युवालाई मानव बेचबिखन तथा ओसारपोसार अन्तर्गतको कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पीडित युवतीहरू क्रमस २०, १५ र १४ वर्षका रहेका छन् ।