
राजपालाई एकताको लागि पत्र पठाएर नयाँ शक्तिसँग एकीकरण गरेको तत्कालीन संघीय समाजवादी फोरम हाल समाजवादी पार्टी र राजपाबीच एकताका विषयमा छलफल भएको छ।
नयाँ शक्तिसँग एकीकरण गर्नुअघि तत्काली फोरमले राजपासँग एकता गर्न भन्दै पत्र पठाएको थियो। फोरमले सहअध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतमा वार्ता टोली नै गरेको छ। फोरमको पत्र पाएपछि उत्साहित बनेको राजपाले पनि नेता राजेन्द्र महतोका संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो। दुवै पक्षबीच पत्र आदान प्रदान हुँदै गर्दा फोरमले नयाँ शक्तिसँग एकता गरेर राजपालाई छक्याएको थियो।
राजपाले पनि फोरमसँगको एकताकालागि सरकारबाट बाहिरिनुपर्ने सर्त राखेको थियो। दुवै दलबीच पत्र आदान प्रदान भएपनि एकताका विषयमा ठोस छलफल भने भएको थिएन।
तर नयाँ शक्तिसँग एकता गरेर समाजवादी पार्टी गठन भएपछि समाजवादी पार्टी र राजपाबीच एकताका विषयमा छलफल भएको छ। नयाँ शक्ति र फोरम नेपालबीच एकीकरण भई समाजवादी पार्टी, नेपाल बनेपछि पुनः वार्ता समिति गठन गरेर छलफल शुरु भएको छ।
उपेन्द्र यादव तत्काल सरकारबाट फिर्ता हुने संभावना नरहेको र राजपाले पनि समाजवादी पार्टीसँग एकताकालागि सरकारबाट फिर्ता हुने सर्त छोडिनसकेको अवस्थामा तत्काल समाजवादी पार्टी र राजपाबीच एकताको कुनै संभवना छैन्
वैशाख २५ गते बसेको समाजवादी पार्टी, नेपालको पदाधिकारी बैठकले सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो। समाजवादी पार्टीले राजपासँग एकताकालागि वार्ता गर्ने निर्णय गरेपछि एकताका विषयमा राजपासँग वार्ता सुरु भएको हो।
राजपासँग अनौपाचारिक रुपमा सुरु भएको वार्ता सकारात्मक रपमा अघि बढेको समाजवादी पार्टीका एक नेताले बताए। राजपाले सुरुमा समाजवादी पार्टीलाई एकताकालागि सरकारबाट बाहिरिनुपर्ने सर्त राखेको थियो। तर अहिले सो शर्तमा राजपा लचक हुँदै गएको स्रोतले जनाएको छ। राजपा समाजवादी पार्टीसँग एकता गर्न तयार भएपनि तत्काल एकताको संभावना नरहेको राजपाका एक नेताले बताए।
‘एकताको प्रस्ताव सरकात्मक हो,’ एक नेताले भने, ‘मुख्य रुपम हामी मधेसको मुद्दालाई अगाडि बढाउन चाहन्छौं। उपेन्द्रजीले मधेसको मुद्दालाई छोडेर बाबुरामजीसँग एकता गरेपछि तत्काल एकताले मूर्त रुप लिन सक्दैन।’ नयाँ शक्ति पार्टीसँग एकता भएसँगै समाजावादी पार्टीको संगठन ७७ वटै जिल्लामा विस्तार भएको छ।
मधेसी जनाधिकार फोरमको ब्यानरमा राजनीति गर्दै आएका उपेन्द्र यादवले अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकता गर्दासम्म फोरम भन्ने शब्दलाई छोडेका थिएनन्। तर नयाँ शक्तिसँग एकता भएसँगै फोरम बन्ने शब्दलाई छोडेका छन्। जसबाट राजपा संशंकित बनेको छ।
अहिले सरकारमा सहभागी भएपनि मधेसको मागप्रति उपेन्द्र यादव सकारात्मक नरहेको भन्दै राजपाभित्र आलोचना हुने गरेको छ। उपेन्द्र यादव तत्काल सरकारबाट फिर्ता हुने संभावना नरहेको र राजपाले पनि समाजवादी पार्टीसँग एकताकालागि सरकारबाट फिर्ता हुने सर्त छोडिनसकेको अवस्थामा तत्काल समाजवादी पार्टी र राजपाबीच एकताको कुनै संभवना नरहेको राजपाका नेताहरुको भनाइ छ।