670 views 0 secs 0 comments

पोखराको रामघाटमा रहेको होटलमा महिलाको शव फेला…

In समाज
१८ बैशाख २०७६, बुधबार ११:१९

पोखराको रामघाटमा रहेको एक होटलमा महिलाको शव फेला परेको छ।
स्याङ्जा स्थायी घर भएकी मिना खड्का पोखराको रामघाट स्थित एक होटलमा मृत अवस्थामा फेला परेकी हुन्।
स्याङ्जाको वालिङ नगरपालिका–५ निवासी ६२ बर्षीया खड्का मंगलबार मृत भेटिएकी हुन्।

सोमबार बेलुका सुतेकी खड्का विहान अवेरसम्म नउठेपछि होटल संचालकले हेर्दा भुईमा मृत अवस्थामा देखेको बताएका छन्।
उनी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रामघाटमा स्वास्थ्य उपचारका लागि पोखरा आएको बुझिएको छ । यसबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।