
बार्सिलोनाको म्यानचेस्टर भ्रमण सुखद बनेको छ।
म्यानचेस्टर युनाइटेडका लुक शले आत्मघाती गोल गर्दा पहिलो लेग बार्सिलोनाले १–० ले जितेको छ।
खेलको १२ औं मिनेटमा मेस्सीको पासमा स्वारेजको हेडर क्लियर गर्न लाग्दा शले आत्माघाती गोल गरेका थिए।
बार्सिलोनाका फिलिप काउटिन्हो र लियोनल मेस्सीको दुई सशक्त प्रहार म्यानचेस्टर युनाइटेडका स्पेनिस गोलरक्षक डेभिड डी जियाले बचाएका थिए।