
चितवनको भरतपुर महानगरपालिका वडा नम्वर ५ को कार्यालयमा सिलिण्डर बम विस्फोट भएको छ।
मंगलबार राति साढे १२ बजेतिर भएको बिस्फोटबाट वडा कार्यालय भवन क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
घटनास्थलमा सिलिण्डर ग्याँसको टुक्रा फेला परेपनि बिस्फोटबाट कुनै मानवीय क्षति भने नभएको बताईएको छ।
विष्फोट लग्गतै वडा कार्यालयमा आगलागी भएको भवनमा महानगरको दमकल र सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिएको हो। बिस्फोट कसले र किन गराएको हो भन्ने बारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।