
काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ८ आत्तरखेल स्थित नेपालय इंग्लिश पब्लिक स्कुल (नेप्स)ले तेस्रो अन्तर विद्यालय स्तर फुटबल प्रतियोगिता आज विधि गत उद्घाटन गरेको छ।
उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली राष्ट्रिय फुटबल टोलिका कप्तान बिराज महर्जन श्रेष्ठले उद्घाटन गरेका हुन्।
सभापतिमा नेपालय ईंग्लिश पब्लिक स्कुलको म्यानेजिङ डाइरेक्टर बुद्ध श्रेष्ठ गरेको थियो। उक्त कार्यक्रममा विभिन्न बिद्यालयको शिक्षक प्रतिनिधि, खेलाडी, विद्यार्थी, अभिभावकहरुको उपस्थिति थियो। स्वागत मन्तव्य तथा औपचारिक उद्घाटन कार्यक्रम नेपालय ईंग्लिश पब्लिक स्कुलका कोर्डिनेटर रबिन खडकाले गरेका थिए।
प्रमुख अतिथि नेपाली राष्ट्रिय फुटबल टोलिका कप्तान विराज महर्जन श्रेष्ठले फुटबल प्रतियोगिताका रेफ्री प्रदीप लामालार्इ फुटबल हस्तान्तरण गरी खेल शुरूवात गरेको थियो।
आजको पहिलो खेल आयोजक नेपालय ईंग्लिश पब्लिक स्कुल ‘बी’ समुह र वर्ल्ड युथ स्कुल बीच प्रतियोगिता भएको थियो। उक्त खेलमा नेपालय ईंग्लिश पब्लिक स्कुल ‘बी’ समूहले वर्ल्ड युथ स्कुललाइ पेनाल्टीबाट ३–१ गोल गरी आयोजक विद्यालयले विजयको शुरूवात गरेको थियो।
दोर्सो खेलमा भेनस पब्लिक स्कुल र इस्ट पोल मावि बीचको खेलमा दुबै समुहले १–१ गोल गरि निर्धारित समय सकिएको हुनाले रेफी प्रदीप लामाले पेनाल्टीबाट पुनः खेल खेलाएको थियो। उक्त पेनाल्टीबाट भेनस पब्लिक स्कुलले ३–१ गोल गरि इस्ट पोल माविलाई पराजित गरेको थियो।
मङ्सिर २१, २२, २३ र २९ गते गरी ४ दिनसम्म नेपालय इंगलिस पब्लिक स्कुलको खेल मैदानमा संचालन हुने उक्त फुटबल प्रतियोगितामा जम्मा ३२ वटा बिद्यालयहरु सहभागिता रहेको छन्।
खेलमा प्रथम र दोस्रो हुनेले नगद पुरस्कार, ट्राफि, मेडल तथा प्रमाणपत्रको व्यवस्था गरिएको र भोलि मङ्सिर २२ गतेका दिनमा पहिलो खेल भैरब मावि र ब्राइट जोन विद्यालय बीच खेल हुने आयोजकका संयोजक संगम थापा श्रेष्ठले बताए।