
बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलको समूह चरणको आफ्नो पहिलो खेलमा बराबरी खेल्दै अंक बाँडेको छ ।
मंगलबार राति भएको समूह ‘एफ’ को खेलमा बार्सिलोना र घरेलु टिम बोरुसिया डर्टमन्डले गोलरहित बराबरी खेलेका हुन् । स्पेनिस क्लब बार्सिलोना आफ्नो पहिलो खेलमा नै सुरुवात गर्नबाट चुकेको छ ।