
शहीद स्मारक ‘ए’ डिभिजन लिग अहिले उपाधि होडदेखि रेलिगसन जोनसम्म रोमाञ्चक मोडमा पुगेको छ । दशौं चरणमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लब च्यासल युथ क्लबसँग पराजित भएपछि अहिले उपाधि होडमा २ क्लब देखिएका छन्, त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब ।
रेलिगेसन जोनमा अर्को विभागीय टोली एपीएफ र सरस्वती युथ क्लब रहेको छ । दशौं चरणको खेलपछि आर्मी २३ अंकसहित शीर्ष स्थानमा छ भने २२ अंक जोडेको मछिन्द्र दोस्रोमा छ ।