
युएर्इ – युएर्इमा सम्पन्न टी–१० क्रिकेटको उपाधि नर्दन वारियर्सले जितेको छ। सारजहाँमा अाइतबार राती भएको फाइनल खेलमा वारियर्सल पख्तुन्सलाई २२ रनले पराजित गर्याे। जितका लागि १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको पख्तुन्सले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै १ सय १८ रन मात्रै जोड्दा वारियर्सले खेल २२ रनले आफ्नो पक्षमा पारेको हो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वारियर्सले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै १ सय ४० रन जोडेको थियो। उसका लागि रोभमान पवेलले अविजित रहँदै सर्वाधिक ६१ रन बनाए। आन्द्रे रसलले ३८ रन बनाए। १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको पख्तुन्सले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै १ सय १८ रन मात्रै जोड्न सफल भयो। पख्तुन्सका एन्ड्रे फ्लेचरले ३७ रन जोड्दा वारियर्सका क्रिस ग्रिन र भिलजोनले समान २/२ विकेट लिए। टी–१० लिगमा नेपालका सन्दीप लामिछानेले समेत केरला नाइट्सबाट सहभागिता जनाएका थिए।