
मङ्गलबारे । केही दिनयता इलामलगायत पाँचथर र ताप्लेजुङ जिल्लाका उत्तरी क्षेत्रमा चिसो बढसँगै त्यस क्षेत्रका चौरीगोठ बेँसी सार्न थालिएको छ। इलामको सन्दकपुर, कालापोखरी, पाँचथरको फालोट, चिवाभञ्ज्याङ, ताप्लेजुङको तिम्वुपोखरी, कालीखोलाका चौँरीगोठ बेसी सार्न थालिएको हो।
अत्याधिक चिसो हुन थालेपछि चौरीहरू आफसेआफ न्यानो स्थान खोज्दै उँधो झर्ने भएकाले चौरीपालक किसानले सोहीअनुसार पुरानो खर्कतिर गोठ सार्न थालेका हुन्। तिम्वुपोखरी क्षेत्रमा छार्के र तुसारो शुरू भइसकेको छ।
ताप्लेजुङ र पाँचथरमा मात्र रहेका छ दर्जनभन्दा धेरै गोठ न्यानो स्थानतर्फ सार्दै लगिएको छ। इलामको सन्दकपुर र कालपोखरी खर्कमा रहेका गोठ बेँसीतर्फ झारिएको माइमझुवाका पञ्चबहादुर राईले बताए। इलाम, पाँचथर र ताप्लेजुङका उच्च पहाडी क्षेत्रमा रहेका करीब ५० चौँरीगोठ चिसोबाट न्यानोतर्फ सरेका छन्।
असोज महीनादेखि गोठ उँधो झर्ने क्रम शुरू हुन्छ। चिसो नहअटेसम्म ती गोठ बेँसीमै रहन्छन्। वैशाख महीनादेखि गोठ उभो लाने क्रम शुरू हुने माइमझुवाका चौँरीपालक लालबहादुर राईले बताए।