888 views 0 secs 0 comments

एक फोन कलले खोल्यो रहस्य,गाडेको भोलिपल्टै श्रीमतीले चिहानबाट निकालिन् पतिको शव

In विश्व
३० कार्तिक २०७५, शुक्रबार १०:२४

एजेन्सी। एक युवकको शव चिहानमा गाडेको भोलिपल्टै चिहान खनेर निकालिएको छ । परिवारको उजुरीपछि ती युवकको शव निकालिएको हो । यस्तो अनौठो घटना भारतको मध्यप्रदेशमा भएको हो । यहाँको खंडवा जिल्लामा ढाबामा काम गर्ने एक युवकको शव श्रीमतीको उजुरीपछि चिहानबाट निकालिएको भारतीय मिडियाले जनाएका छन् ।

ढाबामा काम गर्ने शहजादको सोमबार मृत्यु भएको थियो । परिवारले उनको सामान्य मृत्यु भएको ठानेर शव गाडेका थिए । अचानक भोलिपल्ट मृतककी पत्नीलाई एउटा फोन आयो । त्यसपछि उनले तत्कालै प्रहरीमा खबर गरेर शव बाहिर निकाल्न लगाइन् । प्रहरीले शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल पठाएको छ । समाचारमा जनाइएअनुसार शहजादकी श्रीमतीलाई फोन गर्ने व्यक्तिले भनेका दिए कि त्यो दिन शहजादलाई कुटपिट गरिएको थियो ।

फोन आएपछि परिवारले शहजादको हत्या भएको आशंका गरेका छन् । परिवारले ४ जनामाथि हत्याको आरोप पनि लगाएका छन् । स्थानीय सिहाडा रोडस्थित ढाबामा शहजादको शंकास्पद मृत्यु भएको थियो । शहजाद २५० रुपैयाँ प्रतिदिनको हिसाबले एक महिनादेखि काम गर्दै थिए । उनी रातमा चौकीदारी पनि गर्थे । मृतककी पत्नीका अनुसार शहजाद केही दिन ढाबामा काम गर्न गएका थिएनन् किनकि मालिकले उनलाई दैनिक पारिश्रमिक दिइरहेका थिएनन् । ५ नोभेम्बरका दिन मालिकका भान्जा तनवीर र अन्य एक व्यक्तिले घरमै आएर शहजादलाई जबरजस्ती काममा लिएर गएका थिए ।

मृतककी पत्नी खालेदाका अनुसार १२ नोभेम्बरका दिन उनले पति शहजादको मृत्यु भएको खबर पाएकी थिइन् । उनका छोरा मोहम्मद शाहिद, भतिजाहरु राजिक र खालिद तथा देवर युसुफलाई मालिक चाँदले खबर गरेका थिए कि शहजादको मृत्यु भयो । चाँड फोन गर्दा निकै डराएको जस्तो बोलेको उनीहरुले बताएका छन् । चाँदलाई एक दिन पहिले शहजादका छोरा शाहिदले फोन गरेर पितासँग कुरा गर्न दिन भनेका थिए । त्यतिबेला चाँदले शहजाद सुतिरहेको बताएर कुरा गराएका थिएनन् । मृत्युको सूचना पाएपछि गएका छोरा, भतिजा तथा देवरले सामान्य मृत्यु ठानेर शव लिएर आएका थिए ।