नेपाली विद्यार्थीले पाउन सफल कोल्ट फाउण्डेशनको फेलोसिप

In शिक्षा
१६ कार्तिक २०७५, शुक्रबार १७:११

काठमाडौं । ओहिया परिवारले सन् १९७८मा स्थापना गरेको कोल्ट फाउण्डेशनले युके विश्वविद्यालयमा भर्ना हुने जेहेन्दार विद्यार्थीहरुलाई दिने फेलोसिप नेपाली विद्यार्थीले पनि पाउन सफल भएका छन् ।

बिजनेस एडमिनिस्ट्रेशन (बीबीए) र व्याचलर अफ साइन्स (हन्स) कम्प्युटिङ अध्ययन गर्न चाहने विद्यार्थीले यस छात्रावृत्तिका लागि आवेदन दिएका थिए । जसअनुसार पुर्वी नेपाल फुङलिग ताप्लेजुङकी फुटी शेर्पाले उक्त फेलोसिप हात पार्न सफल भएकी छिन् ।

ब्रिटिश कलेजमा चार वर्ष बीबीए कार्यक्रम अध्ययन गर्न यो छात्रवृत्तिद्वारा उनलाई सम्मानित गरिएको हो । छात्रवृद्धिले ट्यूशन शुल्क, परीक्षा फीस, आवास, व्यक्तिगत रेखदेख भत्ता, यात्रा लागत र चार वर्षको लागि अन्य कार्यक्रम सम्बन्धी खर्चहरू समावेश गर्नेछ ।

द ब्रिटिश कलेजका प्रमुख कार्यकारी अधिकृत राजन कँडेलले भने, ‘एक सानो प्रयासले एक विशाल छलांङ लगाउन ठुलो मद्दत गर्नेछ । हामीलाई आशा छ यो छात्रावृत्तिले शेर्पाका लक्ष्य र सपना साकार पार्न मदत हुनेछ ।’

फाउण्डेसनले मुख्यतः व्यावसायिक र पर्यावरणीय स्वास्थ्यसँग सम्बन्धित विषयहरूमा उच्च डिग्री पढ्ने विद्यार्थीहरूलाई अनुदान प्रदान गर्दछ ।

कहिलेकाँही यस फाउण्डेसनले अन्य विषय अध्ययनरत विद्यार्थीहरुलाई समेत फेलोसिप प्रदान गर्ने गरेको छ । आजको दिनसम्म यस फाउन्डेशनले १६.५ मिलियन पाउण्डभन्दा बढी अनुदान प्रदान गरिसकेको छ ।

कलट फाउन्डेशन छात्रवृत्तिसँग समन्वय गरेको ब्रिटिश कलेज (टीबीसी) ले नेपालको अल्पसंख्यक नेपाली छात्रहरुलाई आवेदन दिन आवाहन गरेको थियो ।