824 views 0 secs 0 comments

१४ आतङ्ककारीलाई मृत्युदण्डको फैसला पाकिस्तानमा

In विश्व
११ कार्तिक २०७५, आईतवार १०:१०

इस्लामावाद – पाकिस्तानी सैनिक अदालतले १४ जनालाई आतङ्ककारीलार्इ मृत्युदण्डको सजाय सुनाएको छ। पाकिस्तानमा हिंसात्मक गतिविधि गरिरहेका उनीहरुलार्इ शनिबार इस्लामावादस्थित सैनिक अदालतले मृत्युदण्डकाे सजाय सुनाएकाे हाे। उनीहरु गम्भीर प्रकृतिका अपराधमा संलग्न भएको र ती अपराधहरु आतङ्ककारी सजाय कानुन अनुसार मृत्युदण्डको लागि भागिदार भएको दाबी सैनिक अदालतले गरेको छ।

सैनिक अदालतले उनीहरुलाई मृत्युदण्डको सजाय सुनाएको पाकिस्तानी सैनिक प्रमुख जर्नेल क्वामार जाभेद बाजवाले जानकारी दिए। उनले ती १४ जना विगत लामो समययता पाकिस्तानी सेनाका अधिकृतिहरुमाथि आक्रमण गर्ने, कैयौँ पाकिस्तानी सर्वसाधारण नागरिकको ज्यान लिने, शिक्षण संस्थाहरुमा आक्रमणगरी देशको भौतिक संरचनामा क्षति पुर्याउनेजस्ता क्रियाकलापमा संलग्न रहेको पाइएको बताइएको छ। उनीहरुले विगतमा पाकिस्तानका कम्तीमा पनि २२ जना नागरिकको हत्या गरेका थिए। यसरी हत्या भएकामा तीन जना सर्वसाधारण नागरिक र अरु १९ जना सुरक्षा निकायका अधिकारीहरु रहेका थिए।