661 views 0 secs 0 comments

एउटा सहरी नक्सलको बयान

In बिचार
१७ आश्विन २०७५, बुधबार १२:०१

ती सबै साथीहरू र सर्वोच्च अदालतका न्यायाधीशहरूलाई म धन्यवाद दिन चाहन्छु, जसले आफ्नो अद्वितीय निर्णय सार्वजनिक गर्नुभयो । उनीहरूका कारण हामीले यो मामिलामा राहत पत्ता लगाउन चार हप्ताको समय पायौँ । जनताको हकका लागि आवाज उठाउने सबै नागरिक र हाम्रो तर्फबाट बहादुरीकासाथ लडाइँ लडेका भारतका ती अधिवक्ताहरूका सम्झनालाई मैले सँगालेर राखेको छु । म अभिभूत छु, त्यस एकजुटताका लागि जुन सिमानाको पर्खाल नाघ्दै हाम्रो समर्थनमा गोलबन्द भयो ।
दिल्ली उच्च अदालतबाट मैले आफ्नो स्वतन्त्रता जितेको हुँ । म यसबाट रोमाञ्चित भएको महशुस गर्दैछु । मेरा सबैभन्दा प्रिय साथी र वकिलहरू जसको सानिध्यतामा कानुन र ‘लजिस्टिक टिम’का सबै साथीहरू अनि नित्या रामकृष्णन, वारिसा फरासत, आश्वस्त गर्दै थिए । उनीहरूले मेरो स्वतन्त्रताका लागि अक्षरशः धरती र आकाश एक गरिदिए । मलाई थाहा छैन, म ती साथीहरू र ती अधिवक्ताहरू जसले उच्च अदालतमा हाम्रो पक्षमा दलिल दिए, कहिलै यो ऋण तिर्न सक्छु होला । यावत अवरोध हुँदाहुँदै पनि नजरबन्दको यस अवसरलाई मैले सही ढङ्गले प्रयोग गरेँ । यसमा मलाई कुनै गुनासो छैन ।
फेरि पनि आफ्ना सहअभियुक्तहरूलाई र ती हजारौँको सङ्ख्यामा जेलमा बन्द राजनीतिक बन्दीहरूलाई भुल्न सक्दिनँ । जसलाई उनीहरूको वैचारिक प्रतिबद्धताहरूका कारण यी झुठा आरोपको सहाराले ‘गैरकानुनी गतिविधि निरोधक कानुन’ (यूपीए) अन्तर्गत जेलहरूमा कैद गरेर राखिएको छ । यस्तै प्रकरणमा आरोपी बन्दीहरू जेलभित्र भैरहेको अमानवीय व्यवहारका विरुद्ध भोक हड्तालमा बसेका छन् र उनीहरूलाई राजनीतिक बन्दीको व्यवहार गरिनुपर्ने माग गरिरहेका छन् । अन्य राजनीतिक बन्दीहरूले पनि समय–समयमा भोक हड्तालको सहारा लिएका छन् र यही माग गर्दै आइरहेका छन् । उनीहरूको स्वतन्त्रता र उनीहरूको अधिकार ‘नागरिक स्वतन्त्रता र जनतान्त्रिक अधिकार’का निम्ति निकै महत्वपूर्ण छ । यसका बाबजुद उल्लास मनाउनुपर्ने कारण छ म एलजीबीटीका कामरेडहरूलाई सलाम गर्न चाहन्छु । उहाँहरूको लामो सङ्घर्षपछि हालै उहाँहरूले एतिहासिक सफलता हासिल गर्नु भएको छ, जसले एउटा यस्तो शानदार सामाजिक आन्दोलनको बाटो खोली दिएको छ । जस्तो बाबासाहेब अम्बेडकरले जाति प्रथाको सफायाका लागि खोल्नुभएको थियो । त्यसैले हामीलाई ‘शिक्षित हुने, सङ्गठित हुने र आन्दोलन गर्ने’ प्रेरणा दिएको दियो । तपाईंहरूसम्म हाम्रो एक्यबद्धता पु¥याउन अलिक ढिला अवश्य भयो तर तपाईंहरूको दृढताले हामी स्वयम्लाई फेरिन बाध्य अवश्य बनायो । तपाईंहरूले हाम्रो मुहारमा फेरि मुस्कान भरिदिनु भयो र हाम्रो जीवनमा इन्द्रेणीको रङ्ग छरिदिनु भयो ।
यसका साथै भीम आर्मीका चन्द्रशेखर रावण उनका साथी सोनु र शिवकुमारको निवारक नजरबन्दबाट स्वतन्त्रत हुने कुराले हामीलाई विशेष रूपमा लामो स्वास लिने अवसर दियो । किनभने यसले हाम्रो समाजमा जड बनेर बसेको जातिवादी अत्याचारका खिलाफ प्रतिरोधी भावको शक्तिलाई निकै इमानदारीसाथ महशुस गराउँछ ।
म जेएनयू छात्र सङ्घका आफ्ना मित्रहरूको संयुक्त बामपन्थी प्यानलले हासिल गरेको एतिहासिक विजयलाई सलाम गर्न चाहन्छु, जसले फेरि एक पटक मिलेर प्रतिरोध गर्नुपर्ने वर्तमान समयको आवश्यकतालाई प्रमाणित गरिदियो । यसैगरी नै हामीले कुनै पनि उत्पीडनको सामना र प्रतिरोध गर्न सक्छौँ र यसका लागि बलियो जनसमर्थन जुटाउन सक्छौँ ।
साथीहरू ! सत्य र इमानदारीका साथ लगेका शब्द गोली र गालीभन्दा धेरै शक्तिशाली हुन्छन्, आज यो कुरा फेरि प्रमाणित भइरहेको छ । हाम्रा गीत र कविताहरूमा जोश छ तथा हाम्रो काम र लेखनीको आधारभूमि तर्क र तथ्य हो । मेरा सबै साथीहरूलाई म के भन्न चाहन्छु भने हामीहरू सबै आफ्नो संवैधानिक स्वतन्त्रतालाई लागू गर्नका लागि र हरप्रकारका शोषण उत्पीडनको विरोध गर्नका लागि हरेक प्रकारले आफ्नो आवाज बुलन्द गर्ने काम जारी राख्नुस् ।
एक पटक फेरि पासका यी अनमोल शब्द स्मरण गर्नुस–
‘हम लड़ेंगे साथी
कि लड़ने के बगैर कुछ भी नहीं मिलता
हम लड़ेंगे
कि अभी तक लड़े क्यों नहीं
हम लड़ेंगे
अपनी सजा कबुलने के लिए
लड़ते हुए मर जाने वालों की
याद जिंदा रखने के लिए
हम लड़ेंगे साथी ।’
लाल सलाम !
गौतम