709 views 6 secs 0 comments

अमेरिकन राष्ट्रपति ट्रम्पलाई राजेन्द्र कार्कीको खुल्ला पत्र…

In बिचार
१६ चैत्र २०७६, आईतवार १२:११

“अमेरिकन राष्ट्रपति ट्रम्पलाई खुल्ला पत्र”
कुशल छु र कुशलताको कामना गर्दछु।तपाई नेपाललाइ तेति महत्त्व त दिनुहुन्न होला किन कि तपाइलाई हामी जस्तो गरिब र सामरिक रुपले कमजोर मुलुकलाई हेर्ने तेति समय नि नहोला किनकी तपाईं बिश्व कै शक्तिशाली देशको राष्ट्रपति हो । आप्रवासीलाई अमेरिका प्रबेश नदिने भयेकालाई क्रमिक रुपले हटाउने मेक्सिकोमा पर्खाल लगाउने लगायतका राष्ट्रबादी चुनाबी नारा उठायेर तपाईले हिलारी क्लिन्टनलाई चुनावमा पछारेको अहिले जस्तो लाग्छ। बिदेश मन्त्री हुदा चर्चामा आयेकी ८ बर्ष अमेरिकाको राष्ट्रपति बनेका बिल क्लिन्टन्का श्रीमती राजनीतिमा अनुभबी हिलारीलाई पछार्नुहुन्छ भनेर बिश्वमा कमैले मात्र सोचेका थिए किनकी तपाईलाई तेतिखेर कमैले चिन्थे l मैले तपाईको राष्ट्रबादी नाराले ट्रम्पले चुनाव जित्छ्न भन्दा कतिपयले मलाइ दिमाग खुस्के जस्तो कुरा नगर्नु भनेका थिए l नभन्दै popularty भोट हिलारीले ल्याउदा पनि एलेक्ट्रोस मतको आधारमा हिलारीलाई धेरै पछि पार्दै तपाईले चुनाब जित्नुभयो ८ बर्ष सम्म डेमोक्रेसी पार्टीका बराक ओमाबाको शाषणको दबदबा रहेको अमेरिकामा रिप्ब्लिकनको तर्फबाट तपाई आउने साथै कायलपटल हुने पक्कै थिएन। हिजो जस्तो लाग्छ तपाई व्हाइहाउस छिरेको तर पहिलो ४ बर्से कार्यकाल सकिन लागेछ आगामी नोभेम्बरमा त फेरि डेमोक्रेसीहरुसग जुध्नुपर्ने बेला आइसकेछ ।तपाईलाइ येसै प्रतिकुलता देखिन्छ अमेरिकन जनता खुसी छैनन र धेरै विश्व का मुलुकलाई पनि चिढ्याउदै लग्नुभाको छ l यहि बीचमा कताकताबाट वुहानमा कोरोना भन्ने भाइरस भेटियो तेस्लै तपाइको दुस्मनी देश चीनलाई दु:ख दिनसम्म दियो ३३ सयको हाराहारीमा मान्छे मरे ८१ भन्दा बढी त्यो रोगबाट संक्रमणमा परे तेतिखेर बिपत पर्दा पनि तपाईं कै नेतृत्वमा चीनलाई एक्लै पारियो ।तपाई पछि दग्रुने युरोप/ एसियाका कतिपय देश तपाईकै इसारामा नाच्न थाले।चीनमा पुरै संकट आयो स्थिति भयावह भयो तर किम प्रशासन कत्ति पनि बिचलित भएन ।पुरै देश लकडाउन गर्यो एकजनालाई पनि सडकमा निस्कन दिएन पुरै उद्योग कलकारखाना व्यापार स्कुल कलेज ठप्प भए।चीनलाई खरबौको नोक्सानी भयो तेस्को कुनै बाल मतलब गरेन l उस्को जनताको ज्यान बचाउनु र कोरोना सगको युद्ध जित्नु नै मुख्य लक्ष्य राक्यो।पुरै सेना सडकमा उतारियो कुनै डाक्टरले सुत्न पायेनन बैज्ञानिकहरु अनुसन्धानमा ब्यत भये।तर तपाइहरु छिछी र टिउरी गर्न लाग्नुभो तपाइ आफैले चिनियाँ भाइरस भन्न बाकी राख्नुभयेन युरोपियनहरु बोलिमा लोलि मिलाउन लागे कयौं आप्रवासी चिनियाहरुलाई अबहेलना र कुटपिट समेत भयो तपाइहरुले चीनमा गरियेको लक डाउनलाई मानब अधिकारको उलंघन भन्नु भो। चीनमा भयेका आफ्ना नागरिक धमाधम लान लागेउ ब्यापारिक सम्बन्ध तोडेऔ चीनबारेमा घृणा फैलाउन ठुल ठुला स्वरमा मच्चि मच्चि भारतका मिडियाहरु नि लागे तर चीनपनि तपाइहरुका कुरा के सुन्थियो घाउमा मलम लगाउने ठाउँमा उल्टै नुन छर्कन खोजेपछि l चीनले बिश्बका मुलुकलाई सहयोगको अपिल नगरेको नि हैन तर तपाइहरुले सुन्नुभयेन।उ सग नजिक भयेका देशले सकेको सहयोग गरे नेपालले पनि सकि नसकी मास्क लगायत आफूसग भयेको स्वास्थ्य सामाग्री सहयोग गर्यो परराष्ट्र मन्त्री मार्फत लिने क्रममा चिनियाँ राजदुतले निराश मुद्रा्मा दु:ख र संकटको बेलामा असल छिमेकीले लगायेको गुण कहिले नभुल्ने भन्नुभयो l यसरी चीन ले एक्लै जस्तो सुरु गरेको लडाइँ जितिसकेको छ भन्दा अतियुक्ती नहोला विजयोल्लास मनाउन मात्र बाकी छ l अहिले स्थिति फेरियेको छ चीन हुँदै इरान उतर कोरिया युरोप हुँदै सल्कियेको डडेलो अहिले तपाईंको देशमा आयेर सल्कियेको छ । संक्रमण हुने रातमा दुगुना दिनमा चार गुनाले वृद्धि भयेर चिन इटाली स्पेनलाई समेत उछिनेर ८५ हजार नागेको छ।अहिले सुन्दै छु मास्क एन्तिबायोटिक भेन्टिलेटरको अभाब छ रे।मिसाइल बनाउन ब्यस्त तपाईको देशले प्रयाप्त मास्क बनाउन बिर्सियेछ एयरक्राफ्ट बनाउन बेस्त तपाईंको देशले प्रयाप्त एन्टिबायोटिक र भेन्टिलेटर बनाउन बिर्सियछ।विश्व को ठूलो सिनेमा उद्योग भयेको अमेरिका बिस्ब का ठुला ठुला उद्योग कलकारखाना कम्पनी भयेको अमेरिकामा अमेजन फेशबूक टुइटर लगायतका अनेकानेक प्रबिधी छन येसैले दन्भ र घमण्डता ले हैन सहनसिलता र समझदारीले कोरोना विरुद्धको युद्ध जितिन्छ। आफै थिलथिलो भयेको चीन तङृयेर उठन नपाउदै एसिया र युरोपका अधिकान्स देशमा कोरोना विरुद्ध लडाइ लडन आफ्नो प्रबिधी लियेर पुगिसकेको छ भने कतिपय देशमा जाने तयारीमा सरकारको कुरा नटेर्दा कोरोना केनै होर भन्दा आज इटाली स्पेन लगायतको दर्दानक स्थिती देख्दा देख्दै तपाईंले व्यापक समाधानी अफ्नाको भये आज येत्रो संक्रमीत नहुन पनि सक्थे।चीनले तपाईंलाई सह्योगको हात फैलाइरहेको छ तपाई दम्भ देखाइ रहनु भयेको छ हिजो पनि जि -७ को बैठकमा गयेर तपाइँले कोरोना भाइरसलाई वुहान कोरोना भाइरल नाम राक्नुपर्छ भन भनेर तपाइको बिदेश मन्त्रीलाई भन्नू लाउनु भयेछ अरु तपाई बाहेक का ६ देशका बिदेश मन्त्रीले अस्विकार गरेछ्न फेरि येहि सुगा रटान झै रटान रटिरहनु भनेको कतै चिनियाँ भाइरस कति वुहान भाइरस ।बिश्व स्वास्थ्य संगठन ( WHo ) लाई नि वुहान भाइरस नान राखेन भनेर गाली गरिराक्नु भाको छ।हेर्नुस अमेरिकामा बस्ने २० करोड भन्दा बढी जनताको तपाई अबिभाबक हो तिन्लाइ जोगाउनु तपाईको कर्तव्य हो ।फेरि मेरो सानो देश नेपालका नि २ लाख भन्दा बढी जनता त्या बस्छ्न कोहि अध्ययनको लागि गयेका छन त कोहि DV परेर कोहि विभिन्न भिशामा गयेका छन।कोहि दाइ कोहि दिदि कोहि कोहि भाइ कोहि बहिनी भान्जा कोहि भान्जि कोहि साथी होलान येसैले अब सबै कुरा त्यागेर चीन सग हातेमालो गर्दै कोरोना विरुद्धको लडाइमा सामेल हुनुस यो त २०० देशमा फैलिसक्यो कहि बाकी नराख्ने भो ।तपाई जस्तो महाशक्ति राष्ट्रको त त्यो हालत छ भने भोलि हाम्रोमा तेसैगरी फैलियो भने हामी जस्ता प्रबिधिमा धेरै पछाडी रहेका बिकाशमा बामे सर्दै गरेका देशको हालत के होला ?? येसैले हामी त ४ दिन भो देशका सबै जनता लक डाउनमा छौ।सबै ठप्प छ। बाचे हरियो बुट्टा देखिन्छ भने झै हामी अहिले जति घाटा बेहोरेनी मतलब भयेन येसैले हामीले कोरोना विरुद्धको युद्ध जित्नु छ फेरि हामीले जितेर नि नहुने कस्तो युद्ध यो तपाइले नि जित्नु पर्ने अनि बिश्वले नै जित्नु पर्ने ।सबैले जित्दा मात्र जितिने अहिले सम्मको नौलो र अनौठो युद्ध रहेछ यो। हामीले मात्र जितेर फेरि तपाइँले हार्नु भो भने त फेरि माझ घरे साइलो अमेरिकाबाट फर्कियेर आउँदा फेरि दोस्रो युद्धको भुमरी निम्त्याएर आउन सक्छ।येसैले सबैको अबिभाबकको जिम्मेवारी लिदै एउटा पिता र एउटा माता हुँदै चीनको किम र अमेरिकाको तपाईं ट्रमले नेतृत्व गरेर यो युद्धको भुमरीबाट पार लगाउनुस तेसैमा ट्रम्प तपाई लगायत विश्व को हित हुने छ तेसैमा सबैको जित हुनेछ। अन्तमा आशा छ तपाईले यो चिट्ठी पाउँदा नपाउदै चीन लगायत सबै सग मिलेर कोरोना विरुद्धको युद्धमा सामेल भयेको सुन्न पाउ तेहिमा आभारी हुने छु।
उहीँ तपाईंको सुभचिन्तक लक डाउनको बेला होम क्वारेन्टाइन मै बसिरहेको कोरोना पीडित राजेन्द्र कुमार कार्की नेपाल l

” कोरोना र येस्को असर बारेमा जनचेतना र सचेतनाको लागि सानो प्रयास ” क्रमशः भोलि फरक सैलीमा ……………………….