गहुको बासी रोटि खानुहोस ब्लड प्रेशरलाई नियन्त्रणमा राख्छ :

In स्वास्थ्य/जीवनशैली
१३ आश्विन २०७५, शनिबार ०६:४७

गहुँको पिठोको बासी रोटीले हाम्रो शरीरको ब्लड प्रेशरलाई नियन्त्रणमा राख्छ अक्सर हामीले बासी खानेकुराको खराब असर बारे मात्रै सुनेका छौं । अक्सर बासी खानेकुरा हाम्रो स्वास्थ्यको लागि खराब हुन्छ । १२ घण्टा भन्दा बढी राखिएको खानाले फुड प्वाइजनिङ्ग, एसिडिटी बढ्ने र पेट खराब हुने सम्भावना हुन्छ । यति मात्रै हैन बासी खानालाई तताएर खानाले शरीरलाई धेरै किसिमका घातक नोक्सानी पनि हुन सक्छ । तर यो कुरा पनि सत्य हो कि हरेक बासी खानेकुरा स्वास्थ्यको लागि खराब मात्रै हुँदैन । केही खानेकुरा यस्ता पनि हुन्छन् जुन् बासी भएर पनि स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । जसमा गहुँको पिठोको रोटी एक यस्तो चिज हो जुन बासी भएपनि स्वास्थ्यको लागि फाइदाजनक हुन्छ ।

बासी रोटी खानुको फाइदाहरू:

१. दूधको साथमा बासी रोटी खानाले ब्लड प्रेशर कन्ट्रोलमा हुन्छ । बासी रोटीलाई १० मिनेटसम्म दूधमा भिजाउनुस् र बिहान नास्तामा खानुस् । यसरी दूधमा भिजेको बासी रोटी खानाले ब्लड प्रेशर नियन्त्रणमा हुन्छ ।

२. हाम्रो शरीरको नर्मल टेम्प्रेचर ३७ डिग्री सेल्सियस हुन्छ । टेम्प्रेचर ४० डिग्री सेल्सियस भन्दा बढी हुनाले हाम्रो शरीरको महत्वपूर्ण अङ्गलाई नोक्सान पुग्न सक्छ । दूधमा भिजाएको बासी रोटी शरीरको तापक्रमलाई नियन्त्रणमा राख्नको लागि काफि कारागार साबित हुन्छ ।

३. जुन व्यक्तिलाई लगातार पेट दुख्छ उसको लागि बासी रोटी एकदमै फाइदाजनक हुन्छ । राती सुत्नु भन्दा अगाडी दूधमा भिजाएको बासी रोटी खानाले कब्जियत र ग्याँस दुवैको समस्या दूर हुन्छ ।

४. डायभिटिजमा बासी रोटी खानाले स्वास्थ्यलाई काफी फाइदा हुन्छ । दिनमा कुनै पनि समय बासी रोटीलाई १० मिनेट सम्म दूधमा भिजाएर खानाले ब्लड सुगरको स्तर नियन्त्रण हुन्छ l