तारा खसे छ” सार्बजनिक

In मनोरञ्जन
१२ आश्विन २०७५, शुक्रबार २२:०२

गायक सोहन घिमिरेको आवाजमा रहेको नयाँ गीत “तारा खसे छ” को म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्बजनिक गीतमा सोहनकै शब्द रचना अनि संगीत रहेको छ भने बुद्ध स्यान्ग्वाको एरेन्ज रहेको छ ।

बर्षा शिवाकोटी र जीवन भट्टराई अभिनित म्युजिक भिडियो लाई प्रकाश धितालले निर्देशन गरेका हुन् भने भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ ।

उत्सब दाहालको छायांकन रहेको भिडियोमा निशान घिमिरेको सम्पादन संगै अप्सन मिडिया एण्ड ईन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको छ ।