
काठमाडौं- आज भोली हरेक दिन केही न केही कुराले ईन्टरनेटमा चर्चा पाइरहेको हुन्छ । पछील्लो समय एक जना कालो बर्णको बालकको तस्बिरले तहल्का मच्चाइरहेको छ । अहिले जुन तस्बिर इन्टरनेटमा खुबै भाइरल बनिरहेको छ । निष्पट्ट कालो वर्णको उक्त बालकको तस्वीर इन्टरनेटमा भाइरल हुनुको कारण यसको शरीरको रङ अति नै कालो हुनु नै हो । यो दुनियाको सबैभन्दा कालो बच्चा भएको समेत दाबी गरिएको छ ।दक्षिण अफ्रिकामा जन्मिएको यो बच्चा अहिले ठूलो भैसकेको छ । कतिपयले यो बच्चा दुनियाको सबैभन्दा कालो बच्चाको रुपमा गिनिज बुकमा दर्ज भैसकेको बताएपनि गिनिज बुकले भने त्यस्तो दाबीलाई अस्विकार गरेको छ । आफ्नो रेकर्डमा यो बच्चाको बारेमा कतै उल्लेख नभएको गिनिज बुकले स्पष्ट पारेको छ ।
सोसल मिडियामा भाइरल बनिरहेको यो बच्चाको बारेमा तिखो बहस समेत छेडिएको छ । यो तस्वीर नै नक्कली भएको समेत कतिपयले आरोप लगाएका छन् भने कतिपयले बच्चाको तस्वीरलाई रंगभेदीहरुले होच्याउन प्रयोग गरिरहेको पनि आरोप लगाएका छन् ।एजेन्सीको सहयोगमा ।