821 views 0 secs 0 comments

मापसे गरेर चलाएको गाडी यसरी सडकमा उत्तानो पर्‍याे

In समाज
२९ माघ २०७४, सोमबार १०:३८

धरान: मादक पदार्थ सेवन गरी चलाएको एउटा कार धरानको सडकमा आइतवार राति दुर्घटनाग्रस्त भएको छ। मादक पदार्थ सेवन गरेर मातेका युवाले चलाएको कार धरानको छाता चोकस्थित सडकको फुटपाथमा नराम्ररी दुर्घटनामा परेको हो ।

तीब्र गतिमा हाँकिएको कार सडकमा उत्तानो परेर दुर्घटना हुँदा दुर्इजना घाइते भएका छन् । दुर्घटनाग्रस्त स्कारपियो कारका चालक प्रविण ताम्राकारसहित दुर्इजना यो घटनामा घाइते भएका हुन्।

घाइतेहरुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहको प्रहरीले जनाएको छ । धरानकै बगरकोटमा रक्सी खाएर फर्किने क्रम बिहान १ बजे गाडी दुर्घटनामा परेको प्रहरीले जानकारी दियो।

गाडीले घरको सटरमा हान्नुका साथै बिजुलीको पोल ढालेर उत्तानो परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले जानकारी दिए । यस घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए।