619 views 0 secs 0 comments

पहिलो पटक नेपाली क्रिकेटरले आईपीएल खेल्ने, दिल्लीले सन्दीपलाई ३२ लाखमा किन्यो

In देश, समाज
१४ माघ २०७४, आईतवार १४:२९

काठमाडौं । नेपाली राष्ट्रिय टोलिका स्पीनर सन्दीप लामिछाने भारतमा हुने ११ औं संस्करणको आइपीएल अक्सनमा छनोट भएका छन् । भारतमा दोस्रो दिन भएको अक्सनमा नेपालका सन्दीप लामिछाने २० लाख भारतीय मूल्यमा दिल्ली डियर्स डेभिल्समा आवद्ध भएका हुन् ।

दोस्रो दिनको अक्सनमा दिल्लीले ५ सय ७८ खेलाडी रहेको अक्सनको सूचीबाट सन्दीपको नाम लिएको हो । सन्दिप अनक्याप्ड स्पिनरको लिस्टमा परेका थिए र्। कुनै फ्रेन्चाइजले नेपाली खेलाडीलाई आइपीएलमा छनोट पहिलो हो ।