महानगरबाट गरिब हैन गरिबी लखेट्नु पर्छ : केपी ओली

In आर्थिक, देश
९ आश्विन २०८०, मंगलवार ०७:२२

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले महानगरबाट गरिब नभएर गरिबी लखेट्नुपर्ने बताएका छन्।
मंगलबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै ओलीले फुटपाथ व्यापारलाई व्यवस्थित बताउन सकिने बताएका हुन्।
फुटपाथ व्यापारीलाई काठमाडौं महानगरले अमानवीय व्यवहार गरेको, मेयर बालेन्द्र शाह र उपमेयर सुनीता डंगोलले चुनावी वाचा बिर्सिएको भन्दै अभियन्ता ई: अहिले काठमाडौं महानगरको कार्यालयअघि उभिइरहेका छन्।

ई: लाई भेट्न आज बिहान उपमेयर डंगोल उनी उभिएको ठाउँमा पुगेकी थिइन्। डंगोल गत चुनावमा एमालेबाट उपमेयर निर्वाचित भएकी थिइन्।ओलीले परम्परागत रूपमा चल्दै आएको कुरालाइ एक्कासी परिवर्तन गर्न खोज्दा केही खल्बली हुनु स्वभाविक र वैज्ञानिक पनि  भएको बताएका छन्।

उनले लेखेका छन्- उपमेयरले भेट्नु भएको भन्ने सुनें। यो वार्ताबाट समाधान खोज्ने संकेत हुन सक्छ । दुबै युवा हुनुहुन्छ, छलफल गर्नुहोस्, समाधन निकाल्नुहोस्। हामीले महनगरबाट गरिबी लखेट्नुपर्छ, गरिब होइन।