
९ असोज, काठमाडौं । नेपाल र चीनबीच उत्तरी सीमा क्षेत्रमा अन्तरदेशीय प्रसारण लाइन निर्माणमा सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको क्रममा केरुङ-रसुवागढी-चिलिमे २२० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण निर्माण छिटो सुरु गर्ने सहमति भएको हो ।
मंगलबार बिहान जारी भएको संयुक्त वक्तव्यमा लेखिएको छ, ‘जिलोङ/केरुङ-रसुवागढी-चिलिमे २२० केभी क्रस बोर्डर पावर ट्रान्समिसन लाइनको निर्माण चाँडो सुरु गरिने छ ।’
केरुङ – चिलिमे प्रसारण लाइन बनाउन ५ वर्षा पहिले दुइ देश बीच सहमति भए पनि थप प्रगति सुन्य थियो ।
प्रधानमन्त्री प्रचण्डको चिन भ्रमणले यो बिषयलाई महतत्तोका साथ् लिएको थियो ।
यो संग संगै संयुक्त कार्यान्वयन संयन्त्रको दोस्रो बैठक बोलाएर चीन-नेपाल विद्युतीय ऊर्जा सहयोग योजनाई अन्तिम रुप दिइने संयुक्त व्यक्तव्यमा उल्लेख छ । जलविद्युत, वायु ऊर्जा, सौर्य ऊर्जा र हाइड्रोजन पावरको क्षेत्रमा सहकार्य गर्ने पनि उल्लेख छ ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा पनि अन्तरदेशीय प्रसारण लाइन र विद्युत व्यापारको विषयमा महत्वपूर्ण सहमति भएको थियो ।