काठमाडौं । काठमाडौं महानगरपालिका–१५ चौमतीमा डेरा गरी बस्ने एक पुरुष मृत फेला गरेका छन्। चौमतीको छाप्रोमा डेरा गरी बस्ने काभ्रेको डाँडा घर भएका ३५ वर्षीय राम तामाङ आफ्नै कोठामा मंगलबार मृत भेटिएको प्रहरीले जनाएको छ।
त्यस्तै कालिकोटको खाँडाचक्र नगरपालिका–११ मा पनि एक जना मृत फेला परेका छन्। खाँडाचक्र नगरपालिका–११ मा दिने शाहीको निर्माणाधीन घरमा मृत भेटिएका हुन्। करीब ७५ बर्षीय वृद्धको पहिचान भने नखुलेको प्रहरीले जनाएको छ।