2492 views 0 secs 0 comments

स्कुलमै शिक्षकले १३ वर्षकी बालिकालाई गरे बलात्कार, पिडित बालिकाले शिक्षकको सबै कर्तुत सुसाइड नोटमा लेखेर विष पिइन्,हेर्नुहोस हृदयविदारक सुसाइड नोट..

In विश्व
१० पुष २०७४, सोमबार १४:१८

। हरेक बालबालिकाको पहिलो बिधालय घर र पहिलो शिक्षक आमा बाबु हुन् त्यस्तै दोस्रो शिक्षा दिने गुरु शिक्षक हुन् । तर शिक्षक नै स्कुलको बालबालिका माथि शोषण गरि रहेका हुन्छन ।

त्यस्तै भारतको उत्तर प्रदेश राज्यको ललितपुर जिल्ला स्थित एक स्कुलमा बालिका माथि शिक्षकले यौन शोषण गरेका छन् । आफ्नै शिक्षकले स्कुलमै आफूलाई बलात्कार गरेपछि ९ कक्षामा अध्ययनरत एक छात्राले विष पिएर आत्महत्याको प्रयास गरेकी छिन् । उनलाई गम्भीर हालतमा अस्पताल भर्ना गरिएको छ । शिक्षकले धम्की दिएका कारण ती किशोरीले २ दिनसम्म यो कुरा परिवारसँग लुकाएर राखेकी थिइन् । गत शनिबार उनले एउटा चिठीमा शिक्षकको सबै कर्तुत लेखेर आत्महत्या गर्नको लागि विष पिइन् । उनलाई गम्भीर हालतमा अस्पताल भर्ना गरिएको छ ।


भारतको उत्तर प्रदेश राज्यको ललितपुर जिल्लामा रहेको अम्बेडकर इन्टर कलेजमा ९ कक्षामा पढ्ने १३ वर्षकी ती छात्राका अनुसार ती शिक्षकले २० डिसेम्बरका दिन उनलाई बलात्कार गरेका हुन् । दिउँसो १२ बजे उनी शौचालय गएको बेला अंग्रेजी शिक्षक राजकुमार भनिने कल्लु महाराज त्यहीँ आएर उनलाई शौचालयमै जबरजस्ती बलात्कार गरेका थिए । उनले चिच्याउन खोज्दा ती शिक्षकले मुख बन्द गरेर मारिदिने धम्की दिएका थिए ।


ती किशोरीकी आमाका अनुसार उनी स्कुल विदा भएपछि घर पुगे पनि २ दिनसम्म परिवारलाई केही बताइनन् । २३ डिसेम्बरका दिन बिहान ५ बजे उनले आफूसँग भएको सबै घटना चिठीमा लेखेर उनले घरमा राखिएको कीटनाशक औषधी खाइन् । उनलाई तत्काल अस्पताल भर्ना गरियो । अहिले उनको उपचार भइरहेको छ । प्रहरीले आरोपी शिक्षकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।