770 views 0 secs 0 comments

यता काम चलाउ सरकारले १० करोड बाँड्दै , उता न्यानो कपडा किन्ने पैसा नभएर सुत्केरीले छोरी गुमाउदै

In देश, समाज
१० पुष २०७४, सोमबार १२:५४

काठमाडौं ।  चिसोका कारण सुन्दरहरैंचा नगरपालिका–५ की १८ वर्षीया मनीषा ऋषिदेवले एक महिनाकी छोरी गुमाएकी छिन् ।शरीर ढाकिदिने न्यानो कपडा नभएर उनले आफ्नी छोराीकोे ज्यान गुमाउनु परेको हो ।

परिवारको आर्थिक अवस्था एकदमै कमजोर भएका कारण उनले आफ्नो पहिलो संतान गुमाएकी हुन् । मनीषाले चिसोका कारण पहिलो सन्तान बचाउन नसक्दा धेरै पीडा भइरहेको दुखेसो पोखिन्। उनले सुत्केरी भएपछि भरपेट खान र पोसिलो खानेकुरा पनि पाएकी छैनन्।  स्थानीयको सहयोगमा परिवारका सदस्यले सुत्केरी आमालाई चाहिँ बल्लतल्ल बचाए।

अर्को तिर काम चलाउ सरकारले भने आफ्नो कार्यकर्तालाई १० कारोड बाड्ने निर्णय गरेको छ । मंसिर २५ गते बसेको मन्पिरिषद् बैठकले कार्यकर्तालाई आर्थिक सहायता विवरण गर्ने गोप्य निर्णय गरेको हो । जनताले भोट दिएर जिताएको नेताले जनताको दुखलाई कहाँ देख्छ र आफ्नो कार्यकर्ता पोसाउनको लागि जनताले नै तिरेको करबाट राज्यको धुकुटी सकाउने मात्र काम गरिरहेका छन् ।
४५ वर्षीय लतु ऋषिदेवको पनि चिसोले कठ्यांग्रिएर मंसिर अन्तिम साता मृत्यु भयो। शरीर ढाक्ने न्यानो कपडाको अभाव हुँदा उनको मृत्यु भएको थियो । सुन्दरहरैंचा ५ र ६ का मुसहर समुदाय जाडोको कारण दैनिक जीवन कष्टकर बन्दै गएको छ। न्यानो कपडा नहुँदा परिवारका सदस्य गुमाउनुपरेको पीडाले समुदायलाई नै पिरोलिरहेको छ।

तर सरकारको भने त्याहाँ पुग्न सकेको छैन।  आफ्नो कार्यकर्तालाई कसरी खुसी राख्ने र पदको लगि मात्र चिन्ता छ । चुनावको बेला नमस्कार गर्दै भोट मात्र माग्न आउछन् तर परेको बेला र्फकेर पनि हेरेको छैनन् ।