आमालाई २ तोला सुनको सिक्री बनाईदिन्छु भनेका खड्गबहादुर बाकसमा फर्किए
पैसा कमाउन कतार पुगेका खड्गबहादुर बाकसमा फर्किएउनको परिवारमा बुवा दिलबहादुर, आमा आइतमाया, ३१ वर्षे श्रीमती र दुई छोरा छन् । पैसा कमाउन गएको छोरो कहिले फर्किएला ? र आफ्ना सुःखका दिन सुरु होलान् भन्ने आशामा बसेकी आमा आइतमाया भन्छिन्, ‘छोराले धेरै कमाउँला ? भन्ने सोचेकी थिएँ, तर बाकसमा पो फर्कियो ।’ खड्ग कतारमा सेक्युरिटी सर्भिसमा काम गर्थे ।
काम गर्दा गर्दै अचानक हर्टअट्याक भएर गत मंसिर ८ गते उनको मृत्यु भएको शव बुझाउन आएका साथी विष्णु गुरुङले बताए । शव ल्याउने प्रक्रियामा ढिलाई हुँदा ढिलो मात्र शव ल्याउन सकिएको मृतकका भतिजा धनसुन्दर लिम्बुले जानकारी दिए ।अप्रवासी कामदारमाथि शोषण भएको आरोप लागिरहेका बेला कतार सरकारले विदेशी कामदारको न्युनतम पारिश्रमिक तोकेको हो।
कतारका विकास प्रशासन, श्रम तथा सामाजिक मामिलामन्त्री इसा अल नउमीले विदेशी कुटनीतिज्ञ सामु न्युनतम पारिश्रमिकको घोषणा गरेका हुन्।अब रोजगार सम्झौताअनुसार विदेशी कामदारको न्युनतम तलब ७ सय ५० भन्दा कम हुने छैन।
कसैले त्योभन्दा कम मूल्यमा सम्झौता गरेमा हामी त्यसलाई स्वीकृत गर्दैनौं, सबै सम्झौताहरु अब मन्त्रालयले नै स्वीकृत गर्नेछ’, उनले भनेका छन्। यो तलब अस्थायी भएको र आगामी दिनमा यसलाई समीक्षा गरी सुधार गर्ने उनले बताए।