दाँतलाई रोगको घर बनाउन नदिन यस्तो गर्नुस्

In स्वास्थ्य/जीवनशैली
६ पुष २०७४, बिहीबार १३:४६

काठमाडौं । दाँतले खाने कुरा चपाउन सहयोग गर्ने कुरा सबैलाई थाहा नै छ। दाँतले खानेकुरा चपाउनमात्र नभएर शरीरको सौन्दर्य बढाउने गर्छन्।

हामि दिनहु ब्रुस गर्छौं। तर हामि कतिले ब्रुस गर्दा सहि तरिका भने अपनाउदैन जसले गर्दा हाम्रो दाँत रोगको घर बन्न पुग्छ। त्यसैले सहि तरिकाले ब्रुस गर्न एकदमै आवश्यक छ ।

हाम्रो दाँतमा पायरिया भएमा त्यसले दातलाई सर्पोट गर्ने गिजाको हड्डीमा समस्या उत्पन्न हुने गर्छ । पाइरिया भएमा दाँतको गिजा पहेलो तथा खराब हुन थाल्छ र त्यसबाट खुन निस्कन थाल्छ ।त्यसबाहेक, कलेजोको खराबीका कारण पनि रगतमा लम्लियपन बढ्न थाल्छ । दुषित रक्त अम्लियपनाका कारण दात पायरियाबा टप्रभावित हुने गर्छ ।

हामी पायो भन्दैमा जस्तो पायो त्यस्तै खानेकुरा खाने गर्छौं यो बानीले गर्दा पनि हाम्रो दाँत बिग्रिन्छ। तातो र धेरै चिसो ,मादक पदार्थ, धूम्रपान र सुर्ती सेवन,अमिलो आदि जस्तो खाने कुराले हाम्रो दाँतलाई बिगार्ने गर्छ।

दाँतलाई जोगाउन वा स्वास्थ्य राख्न यसरी सकिन्छ :

#सहि खाने कुरा सहि समयमा खाने

#जोडसँग घोटेर दाँत नमाझ्ने ।
#मुखमा खानेकुरा राखेर नसुत्ने ।

#बच्चाको मुखमा दूधको बोतल राखेर नसुताउने ।

#बिहान खाना खाएपछि र राति सुत्नुअघि दाँत माझ्ने ।

#रेसा भएको र पोसिलो खानेकुरा खाने ।

#पानी प्रशस्त पिउने ।

#नरम ब्रसले दाँत माझ्ने, जिब्रो पनि सफा गर्ने ।