1271 views 0 secs 0 comments

डेट एक्सपायर भएको खतरनाक ग्यास सिलिण्डर त चलाउँदै हुनुहुन्न ? यसरी गर्नुहोस् जाँच

In समाज
६ पुष २०७४, बिहीबार ११:४८
bannerकाठमाडौं। के तपाइँलाई थाहा छ तपाइँले प्रयोग गरिरहेको ग्यास सिलिण्डर प्रयोग गर्न योग्य छ कि छैन ? हो, ग्यास सिलिण्डरको पनि ‘एक्सपायरी डेट’ हुन्छ । निश्चित समयपछि ग्यास सिलिण्डर प्रयोग गर्नु खतरनाक हुन्छ । तर हामीमध्ये धेरैले सिलिण्डरको एक्सपायरी डेट जाँच गर्दैनौं ।

एलपी ग्यास सिलिण्डरको प्रयोग गर्ने निश्चित अवधि हुन्छ । त्यसपछि यसलाई परीक्षण गरिन्छ । परीक्षणमा प्रयोग गर्न लायक नदेखिएमा यसलाई बजारबाट हटाइन्छ । ग्यास सिलिण्डरको माथिल्लो भागमा हुने ती पट्टीमध्ये एकमा एउटा कोड लेखिएको हुन्छ । यसको अघिल्लो भागमा अंग्रजी अक्षर ए, बी, सी, वा डी हुन्छ र पछिल्लो भागमा अंक हुन्छ । यो कोडको खास अर्थ हुन्छ ।

ए भनेको वर्षको पहिलो त्रैमासिक (जनवरी, फेब्रुअरी, मार्च), बी भनेको दोस्रो त्रैमासिक (अप्रिल, मे, जून) हुन्छ । यसैगरी सी भनेको तेस्रो त्रैमासिक र डी भनेको चौथो त्रैमासिकका तीन महिना हुन्छ । पछाडिको दुई अंकको अर्थ हो साल । जस्तो कि कुनै सिलिण्डरमा ए–१६ लेखिएको छ भने त्यो सिलिण्डर २०१६ को मार्चमा एक्सपायर भइसक्यो र यो सिलिण्डर जाँच नगरी पुनः प्रयोग गर्न हुन्न ।