मिसिहं नेपाली / राजधानी
हुम्ला
गतबैशाख २६ गते देखि हुम्लाको सदरमुकाम सिमकोट बाटै हराएका खार्पुनाथ गाउँपालिका २ राया गाउँ निवासी १३ बर्षिय विजय रावल अहिलेसम्म परिवारको सम्पर्कमा नआएको बुवा जैदन रावले बताए । जैदन रावलका छोराले विद्यालयको पोशक ल्याउने भन्दै सिमकोटमा हराएको भए पनि अहिले सम्म पत्तो नलागेको आफन्तले बताएका छन ।
बर्षिय वालक विजय रावलको फोटा र जैदाने रावल छोराको तस्बीर रजिल्ला प्रहरी कार्यालयमा दिएको बेपत्ता खोज विनको मुद्धा देखाउदै । फोटो मिमसिहं /राजधानी,हुम्लासिता मावि छिप्रामा कक्षा ६मा अध्यायन गर्ने छात्र विजय रावल विद्यालयको पोशक ल्याउने भन्दै सिमकोट हिडेको हो । सिमकोट गाउँपालिका ५ निवासी खड्क रावल र चंखेली गाउँपालिका २ निवासी शक्ति बोहराले ललाइफकाई गरि बैशाख २७ गते अपरन्ह १ बजे तारा एअरको जहाज बाट नेपालगन्जमा पठाएको र अहिले सम्ममा सम्पर्कमा नआएको वालकका आफन्तले बताए ।
बैशाख २५ गते सिमकोट स्थिीत तल्लो बजारमा रहेको आफनै किनारपसल बाट एक लाखा पचास हजार रुपायँ समेत आफनो छोरा सहित ललाइफकाई गरि लगेको समेत आरोप लगाए आफनो छोरा शहरतिर पठाउने व्यक्ती लाई कार्वाही सहति छोरा खोजी पाउँ र नगद लगेको पैसा समेत भराइपाउँ भन्दै जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएको वालका बुवा रावलले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रहरी निरिक्षक विष्णु बहादुर सिंहले भने वालक हराएको बारेमा अनुसन्धान समेत भइरहेको दाबी गरे । हराएको बालक पिडक र पिडित पक्ष दुबै जानले खोजी गर्ने जिल्ला प्रहरी कार्यलयमा लिखीत सहमती भएको छ । आफना प्रहरी मातहातमा रहेका सुरक्षा निकायामा पनि विजय रावलको हुलीया समेत पठाई सकिएको जानकारी प्रहरी निरिक्षक सिहले् भने ।
बैशाखा महिना यता सम्म स्थानीय,प्रदेश र प्रतिनिधी सभाको चुनाव समेत परेकोले अहिलेसम्म कसैले खोजी कार्य नगरेको र वालक लाई कसैले वेचविखन नगरेको कतै आफन्त कहाँ बसेको हुन सक्ने इन्सिपेक्टर सिहको भनाई छ ।
बैशाख अन्तिम सता बाट हराएको रावल ९ महिना विती सक्दा पनि छोरा कुन ठाउँमा छ,कि छैन मेरो छोराको सास कित लास चाहियो भन्दै पटक पटक जिल्ला प्रहरी कार्यलयमा छोरा पठाउने पक्ष लाई कार्वाहिको माग गर्दै जिल्ला प्रहरी कार्यलय सम्म धायता पनि सुनुवाई नभएको समेत नावलका बुवा रावले आरोप लगाएका छन ।
घटनामा संलग्न भएको २ जान लाई जिल्ला प्रहरी कार्यलय हुम्लाले अहिले सम्म पक्राउ नगरको वालका बुवाले जिल्ला प्रहरी कार्यलय प्रति प्रति आक्रोश व्यक्त गरेका छन । उता जिल्ला प्रहरी कार्यलयमै नै पटक पटक निवदेन दिँदा समेत अहिले सम्म छोरा नभेटिएको गुनासो गर्दै छोरा खोज्नको लागि महिनौ दिन सिमकोटमा धायता पनि अहिले सम्म नभेटएको समेत रावले बताए ।