एजेन्सी । पेट दुखेर अस्पताल पुगेकी महिलाको पेटको शल्यक्रिया गर्दा चिकित्सक चकित बनेका छन्। चिकित्सकले ५० वर्षीया महिलाको पेटबाट यतिधेरै पथरी निस्कियो की चिकित्सक नै चकित बने।
यो घटना भारतको मध्यप्रदेशस्थित झाबुआ जिल्लाको हो। यस जिल्लाको तहसील गाउँकी महिला लामो समयदेखि पेटको समस्याबाट पीडित थिइन्। लामो समयदेखि पेट दुख्ने समस्याबाट पीडित भएपछि ती महिला नजिकैको ज्योती अस्पतालमा पुगिन्। डा मारकुस डामोर नामका डाक्टरले उनलाई सोनोग्राफीका लागि पठाए।
सोनोग्राफीमा पथरी देखिएपछि उनले महिलाको शल्यक्रिया गरे। शल्यक्रियापछि जब महिलाको पेटबाट पथरी निकालियो। त्यो देखेर चिकित्सक नै चकित बने। ती महिलाको पेटबाट १४० वटा पथरी निकालिएको थियो। जसको साइज ६७ इन्चको थियो। चिकित्सकले यस्ता विरामी निकै कम हुने बताएका छन्।