म्यानचेस्टर र लिभरपुल विजयी

In खेलकुद
३ पुष २०७४, सोमबार ११:२९

पुस ३, २०७४-इंग्लिस प्रिमियर लिगको आइतबार भएका खेलमा म्यानचेस्टर युनाइटेड र लिभरपुलले अपेक्षा अनुसार जित हात पार्न सफल भएको छ । म्यानचेस्टरले वेस्ट ब्रुमलाई २–१ ले हरायो ।

यो सफलतापछि म्यानचेस्टरको ४१ अंक भएको छ र दोस्रो स्थानमा छ । म्यानचेस्टर सिटी ५२ अंकमा शीर्ष स्थानमा छ । लिभरपुलले भने बर्नमाउथलाई ४–० ले पन्छायो ।

लिभरपुल यो जितपछि ३४ अंकसहित चौथो स्थानमा उक्लिन सफल भएको छ । चेल्सी ३८ अंकमा तेस्रोमा छ । लिभरपुलको पछाडि आर्सनल रहेको छ ।

http://bit.ly/2CTTvYi